यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले धरानमा नयाँ ब्लु स्क्वायर शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघि काठमाण्डौको नक्साल, भक्तपुरको कौशलटार र चीतवनको भरतपुरमा ब्लु स्क्वायर शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

नयाँ अवधारणमा तयार पारिएको यस प्रकारको शोरुम दुईपाङ्ग्रे सवारी उद्योगकै सबैभन्दा अत्याधुनिक भएको कम्पनी दावी छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणामा तयार पारिएको ब्लु स्क्वायर शोरुममा ग्राहकले यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्न पाउने जनाइएको छ । सम्पूर्ण राईडरले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्नसक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिईएको कम्पनी भनाई छ ।

कम्पनीका अनुसार ब्लु कलरले यामाहा ब्राण्डको रंगलाई जनाउँछ भने स्क्वायर ले ‘वान स्टप बायिंग जंक्शन’ लाई जनाउँछ । जहाँ ग्राहकले एकै ठाउँबाट मोटरसाइकल र स्कुटरका सरसामान र कपडा खरिद गर्न पाउने सुविधाको अनुभव लिन सक्नेछन् ।

शोरुममा ग्राहकले परिष्कृत सेवा अनुभव गर्नु को साथै छिटो र निजीकृत सेवा प्रदान गरिने जानकारी गराईएको छ । यामाहाका ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल प्रविधिमार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोशरहरु प्राप्त गर्न सक्नेछन् ।

स्थापना कालदेखि नै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएको मा ब्लु स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्डमा ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यसप्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

सकियो यामाहा महा एक्सचेन्ज मेला, १ हजार ९ सय बढी एक्सचेन्ज भएको दाबी

सकियो यामाहा महा एक्सचेन्ज मेला, १ हजार ९ सय बढी एक्सचेन्ज भएको दाबी

काठमाडौं – गत असोज ८ देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको यामाहा महा...

यामाहा एसजेड–आरआरः १५० सीसी क्षमताको सबैभन्दा सस्तो बाइक

यामाहा एसजेड–आरआरः १५० सीसी क्षमताको सबैभन्दा सस्तो बाइक

नेपाली टु ह्विलर बजारमा १५० सीसी क्षमताका बाइक सर्बाधिक बिक्री हुने...

चीप अभावको समस्या यामाहा मोटरसाइकलमा समेत देखियो, एमटी१५ र आर१५ को बिक्री प्रभाबित बन्न सक्ने

चीप अभावको समस्या यामाहा मोटरसाइकलमा समेत देखियो, एमटी१५ र आर१५ को बिक्री प्रभाबित बन्न सक्ने

चीप अभावको समस्या फोर ह्विलरसंगै अन्तत टु ह्विलरमा समते देखा परेको छ । हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...