तीन भेरिएन्टमा आयो रोयल इन्फिल्ड गुरिल्ला ४५०, यस्तो छ विशेषता

काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च गरेको छ । नयाँ बाइक तीन भेरिएन्टमा उपलब्ध हुने र सुरुवाती मुल्य २ लाख ३९ हजार भारु रहने जनाइएको छ ।

रोयल इन्फिल्डको लोकप्रिय माटरसाइकल हिमालयन ४५० को प्लेटफर्ममा आधारित भई यसको उत्पादन गरिएको हो । यी दुई मोटरसाइकलको प्लेटफर्म एउटै भएपनि फिचरमा केही भिन्नता पाउन सकिन्छ ।

गुलिल्ला ४५० मा दिइएको अपसाइड–डाउन फोर्कलाई परम्परागत टेलिस्कोपिक एकाइले प्रतिस्थापन गरिएको छ । साथै यसलाई थप स्पोर्टी बनाउन राइडिङ पोजिसनमा पनि परिवर्तन गरिएको छ ।

गुरिल्ला ४५० को वजन हिमालयन ४५० को तुलनामा ११ किलोग्राम कम छ भने १७ इन्चको एलोय ह्वील राखिएको छ । यसमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ । बाइकको अगाडि ३१० एमएम डिस्क र पछाडि २७० एमएम डिस्क ब्रेक दिइएको छ । साथै यसमा डुअल च्यानल एबिएस समेत उपलब्ध छ ।

यो मोटरसाइकलमा रोयल इन्फिल्डले शेर्पा ४५० इन्जिन जडान गरेको छ । सिंगल–सिलिन्डर र लिक्विड–कुल्ड उक्त इन्जिनले ८ हजार आरपिएममा ३९ बिएचपी पावर र ५ हजार ५०० आरपिएममा ४० एनएम टर्क जेनेरेट गर्दछ । बाइकमा बेस्पोक इन्जिन र गियरबक्स ट्युन गरिएको छ ।

यो नयाँ मोटरसाइकलमा ट्रिपर नेभिगेसन र हिमालयन ४५० मा जस्तै फुल टिएफटी ड्यास सहितको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोलको बिकल्प पाउन सकिन्छ । नयाँ बाइक पाँच रङ विकल्पहरूमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने

प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने

काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...