भारतमा छैन इलेक्ट्रिक सवारीप्रति आकर्षण

बजारमा पेट्रोल, डिजेल, सीएनजी प्रविधिका सवारी साधनका साथै विद्युतीय कार पनि कार बिक्री भइरहेको छ । यी सवारीसाधनको माग कुनै बढेको छ र कुनै घटेको छ । जुन २०२४ मा कुन कम्पनीले कति वटा इलेक्ट्रिक कार बिक्री गर्‍यो भने रिपोर्ट सार्वजनिक भइसकेको छ ।

रिपोर्ट अनुसार, जुन २०२४ मा भारतमा कुल ६ हजार ८९४ युनिट इलेक्ट्रिक कार र एसयूभी बिक्री भएको छ। सो महिना सवारीसाधन वार्षिकको आधारमा १३ दशमलव ५१ प्रतिशतले घटेको छ तर मासिकका आधारमा ९.७४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको जुन महिनामा ७ सय ४४ युनिट कम बिक्री भएको छ ।

जुन २०२४ मा टाटा मोटर्सले सबैभन्दा धेरै विद्युतीय कार बेचेको थियो । गत महिना कम्पनीले कुल ४ हजार ३ सय ४६ युनिट बिक्री गरेको थियो । वार्षिक आधारमा कम्पनीले २०.७७ प्रतिशतले वृद्धि हासिल गरेको छ । हाल बजारमा टाटा मोटर्सका टियागो, पन्च, नेक्सन, टिगोर जस्ता इलेक्ट्रिक कार उपलब्ध छ । त्यस्तै एमजीले गत महिना कुल १ हजार ४०५ युनिट विद्युतीय सवारीसाधन बिक्री गरेको थियो । कम्पनीले वार्षिक आधारमा २१ प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेको छ ।

महिन्द्राको इलेक्ट्रिक एसयूभी एक्सयूभी४०० जुन २०२४ मा ४ सय ४६ युनिट बिक्री गरेको थियो । जबकि गत वर्षको जुन महिनामा यस एसयूभीका ४ सय १३ युनिट बिक्री भएको थियो । सोही महिना सिट्रोनको इलेक्ट्रिक कार २ सय ३६ युनिट बिक्री गरेको छ । यसअघि जुन २०२३ मा यस कारको ३ सय ३६ युनिट बिक्री भएको थियो। चिनियाँ इलेक्ट्रिक कार कम्पनी बीवाईडीले पनि २०२४ को जुन महिनामा भारतीय बजारमा २ सय २९ विद्युतीय कार बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

नेपाली बजारमा विद्युतीय कारको माग निकै नै बढिरहेको समयमा भारतमा भने त्यस्तो धेरै आकर्षण देखिएको छ । भारतीय बजार नै ठूलो छ । यस अनुसार यो संख्या निकै नै कम हो ।

सम्बन्धित समाचारहरू

‘जेनजी’ आन्दोलनमा जलेको एवोनको थापाथली सोरुम पुनः सञ्चालनमा

‘जेनजी’ आन्दोलनमा जलेको एवोनको थापाथली सोरुम पुनः सञ्चालनमा

काठमाडौं–गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा जलेको थापाथलीस्थिते...

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक...

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...