६ महिनामा चीनमा बिक्री भयो १ करोड ४० लाख बढी कार, बीवाईडी पहिलो स्थानमा

काठमाडौं– विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा ६ महिना अबधीमा १ करोड ४० लाख बढी कार बिक्री भएको तथ्यांक वाहिर आएको छ । चाइना प्यासेन्जर कार एसोसिएसन र चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफेक्चरर्सले हालै सार्बजनिक गरेको रिपोर्ट अनुसार वर्ष २०२४ को जनवरीदेखी जुनसम्म १ करोड ४० लाख ४७ हजार यूनिट कार बिक्री भएको हो ।

सो अबधीमा कुल १ करोड ३८ लाख ९१ हजार कार उत्पादन भएको रिपोर्टमा उल्लेख छ । ६ महिनाको यो अबधीमा बिक्री भएको उक्त संख्या अघिल्लो वर्षको सोही अबधीको तुलनामा ६.१ प्रतिशतले बढी हो । यसैगरी, ग्यासोलिन कारको तुलनामा न्यू इनर्जी भेइकलको सेल्स उच्च दरले बृद्धि भएको छ ।

सो अबधीमा ४९ लाख ४४ हजार यूनिट न्यू इनर्जी भेइकल बिक्री भएको रिपोर्टमा उल्लेख गरिएको छ । न्यू इनर्जी भेइकलमा सामेल ब्याट्री इलेक्ट्रिक र हाइब्रिड कारको बिक्री अघिल्लो वर्षको सोही अबधीको तुलनामा ३२ प्रतिशतले बृद्धि भएको छ । यो सेग्मेन्टको बजार हिस्सा ३५ प्रतिशत माथी पुगेको रिपोर्टमा उल्लेख छ । न्यू इनर्जी भेइकल उत्पादनमा विश्वकै अग्रणी ब्राण्ड बीवाईडीले मात्रै सो अबधीमा कुल १६ लाख ७ हजार ईभी बिक्री गर्न सफल भएको हो ।

चीनमा बिक्री हुने कुल कारमा टप १० ब्राण्डको हिस्सा ८४.८ प्रतिशत पुगेको छ । यो सूचीमा बीवाईडी पहिलो र चेरी दोस्रो स्थानमा रहेका छन् भने जीली, चांगन, एसएआईसी–फक्सवागन, एफएडब्लु–फक्सवागन, ग्रेटवाल, टेस्ला, जीएसी–टोयोटा र एसएआईसी क्रमशः तेस्रो देखी १० औं स्थानमा समेल छन् ।

चीनको आफ्नै ब्राण्डको बजार हिस्सा ५६.५ प्रतिशत रहँदा जर्मन ब्राण्डको १९.४, जापनिज ब्राण्डको १४.९ र अमेरिकन तथा फ्रेन्च ब्राण्डको हिस्सा १९.१ प्रतिशत छ ।

सम्बन्धित समाचारहरू

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा...

एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१

एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१

बेइजिङ अटो शोको पूर्वसन्ध्यामा एमजी कम्पनीले इलेक्ट्रिक कन्सेप्ट...

यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...