विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । एनएमबि सुलभ अटो लोन नामक सो अटो लोन विद्युतीय सवारी साधन किन्नेहरुका लागि उपयुक्त हुने बताइएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको बैंकले जनाएको छ ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्य तर्फ योगदान दिन सक्नेछन् ।

 हाल विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरु बढिरहेको समयमा बैंकले उक्त अटो लोन सार्वजनिक गरेको हो ।

विद्युतीय सवारी साधन किन्नका लागि बैंकहरुले ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउन सक्ने व्यवस्था छ । 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि call@nmb.com.np मा ईमेल वा ०१–५९७०१५० मा फोन गर्न सकिने छ ।

एनएमबि बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

चार्जकै क्रममा ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगलागी

चार्जकै क्रममा ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगलागी

अमेरिकाको क्यालिफोर्नियामा चार्ज गरिरहेको समयमा ज्यागुअर आई–पेस...

एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता...

हुन्डाईद्वारा विर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

हुन्डाईद्वारा विर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडाैं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...