पुरानो कारसँग वुलिङ बिंगो ईभी साट्न सकिने, यस्तो छ सुविधा

काठमाडौं– वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर ल्याउने भएको छ । मनसुन एक्सचेन्ज मेनिया नामले आउने उक्त अफर अन्तर्गत ग्राहकले आफूसँग भएको पुरानो गाडीसंग बिंगो ईभी साट्न सक्नेछन् ।

२ दिनपछि शुरु हुने क्याम्पमा ग्राहकले ६ लाख ६० हजार रुपैयाँको डाउनपेमेन्ट सुविधा पाउनेछन् । यसैगरी, १ लाख रुपैयाँसम्मको अतिरिक्त लाभ, १ वर्षको रोड ट्याक्स निःशुल्क, फ्रि एक्सेसोरिज तथा ३ वर्षको निःशुल्क सर्भिस र पुरानो गाडीमा आकर्षक मूल्यांकन जस्ता सुविधा पाउनेछन् ।

साथै, २.२ किलोवाट क्षमताको चार्जर र एक्सचेन्ज बोसन समेत पाउन सकिने कम्पनीले जनाएको छ । वुलिङको नक्सालस्थित शोरुममा अयोजना हुने उक्त क्याम्प साउन ५ गतेसम्म संचालन हुनेछ ।

वुलिङ बिंगो हालै नेपाल भित्रिएको इलेक्ट्रिक ह्याचब्याक हो । यो कारमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक तथा ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारलाई १२० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यो कारले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कारको मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

बिंगो ईभीमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, सिन्थेटिक लेदर ड्यासबोर्ड प्यानल, डुअल एयर ब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबिएस, ईबिडी, ईएससी, आइएसोएफआईएक्स र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाल हिड्यो रेसिन्स इलेक्ट्रिक कारको पहिलो लट, केही दिनपछि बिक्री शुरु हुने

नेपाल हिड्यो रेसिन्स इलेक्ट्रिक कारको पहिलो लट, केही दिनपछि बिक्री शुरु हुने

जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको...

जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

काठमाडौं–जिली ईएक्स५ को नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...

ओमोडा ई५ ईभीको प्राविधिक विवरण सार्बजनिक, यस्तो हुनेछ नेपाल आउने नयाँ कार

ओमोडा ई५ ईभीको प्राविधिक विवरण सार्बजनिक, यस्तो हुनेछ नेपाल आउने नयाँ कार

काठमाडौं– ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...