बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बिजनेसम्यान मुकेश अम्बानी र नीता अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टले १२ जुलाईमा विवाह गरेका थिए । अनन्त राधिकालाई लिन रातो र सेतो फूलले सुसज्जित रोल्स रोयस कलिनन ब्ल्याक ब्याज एसयूभी लिएर जन्ती गएका थिए ।
सो एसयूभीमा ६.७५ लिटर भी१२ पेट्रोल इन्जिन छ, जसले ९०० एनएम टर्क र ६०० पीएस पावर जेनेरेट गर्छ । सो इन्जिन ८ स्पिड अटोमेटिक गियरबक्स र अल ह्विल ड्राइभ सिस्टमसँग जोडिएको छ ।
रोल्स रोयस कुलिनन ब्ल्याक ब्याजको इन्टेरियर क्याबिन लक्जरी र प्रिमियम छ । यसको पछाडिको भागमा मसाज सिट राखिएको छ । यसमा वाइफाइ हटस्पट र १२ इन्चको ड्युअल हेडअप डिस्प्ले छ । साथै फोल्ड आउट आर्मरेस्ट, ४ क्यामेरा सिस्टम र एक्टिभ क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध गराइएको छ ।
सो एसयूभीमा सेफ्टीका लागि अटोनोमस ड्राइभिङ र एड्भान्स सेफ्टी फिचर प्रदान गरिएको छ । यसका साथै डे/नाइट पेडेस्ट्रियन अलर्ट, कोलिजन वार्निङ, क्रस ट्राफिक अलर्ट र लेन डिपार्चर अलर्ट, रियर सिटिङ अरेन्जमेन्ट, बुट एरियामा दुई अतिरिक्त सिट र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ ।
रोल्स रोयस कुलिनन ब्ल्याक ब्याजको मूल्य ७ देखि ९ करोड भारु छ । यसलाई आफ्नो इच्छा अनुसार कस्टमाइज पनि गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...