एक्सयूभी थ्रीएक्सओ पनि इलेक्ट्रिक भर्सनमा आउने, महिन्द्राले यसै वर्ष उत्पादन शुरु गर्ने

काठमाडौं– महिन्द्राले हालै लन्च गरेको एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओ अव इलेक्ट्रिक भर्सनमा पनि आउने भएको छ । सो नयाँ ईभीलाई महिन्द्राले यसै वर्षको अन्त्यदेखी उत्पादन शुरु गर्ने जनाएको छ । इलेक्ट्रिक थ्रीएक्सओ ले भारतीय बजारमा टाटा नेक्सनसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

सो नयाँ ईभीमा ३४.५ किलोवाट आवरको ब्याट्री प्याक जडान हुनेछ बताइएको छ । यसमा जडान हुने मोटर क्षमता भने कम्पनीले खुलाएको छैन । यद्यपी, ब्याट्री प्याक एक्सयूभी ४०० ईभीको लो स्पेक सरहनै हुने हुँदा सम्भवत मोटर पनि सोही मोडलमा जडान गरिएको ११० किलोवाट नै हुने अनुमान गर्न सकिन्छ ।

साइजमा एक्सयूभी ४०० ईभीभन्दा सानो हुने यसको मूल्य समेत कम पर्नेछ । महिन्द्राले यो नयाँ ईभीलाई मासिक १ हजार ५०० देखी १ हजार ८०० यूनिट हाराहारीमा उत्पादन गर्ने तयारी गरेको छ । थ्रीएक्सओ ईभीमा महिन्द्राले यसको पेट्रोल भर्सनमा उपलब्ध फिचरलाई निरन्तरता दिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

अब भारतमा पनि कारको क्रयास सेफ्टी टेस्ट हुने

अब भारतमा पनि कारको क्रयास सेफ्टी टेस्ट हुने

आजको समयमा कारको क्रयास सेफ्टी टेस्ट निकै नै आवश्यक भइसकेको छ । सो...

फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।...

दशैंमा बिक्री गर्न महिन्द्रासंग छैन स्कर्पियो, एक्सयुभी ३०० र ५००

दशैंमा बिक्री गर्न महिन्द्रासंग छैन स्कर्पियो, एक्सयुभी ३०० र ५००

नेपाली बजारमा महिन्द्रा गाडीको अभाव देखिएको छ । सेमी कन्डक्टर अभावका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...