लन्च हुन केही घण्टा बाँकी रहदा बजाज सीएनजी बाइकको नाम सार्वजनिक

बजाजले भोलि लन्च गर्ने तयारी गरिरहेको विश्वकै पहिलो सीएनजी बाइकको नाम फ्रिडम १२५ हुने खबर सार्वजनिक भएको छ । यो भन्दा पहिले ब्रुजर र अन्य विभिन्न नामको अड्कल गरिए पनि अब भने यसको नाम फ्रिडम १२५ हुने बताइएको हो ।

कम्पनीको आधिकारिक वेबसाइटमा सो नाम राखिएको हो । यो भन्दा पहिले यसको टिजर समेत सार्वजनिक गरिएको थियो । यसमा सीएनजी र पेट्रोलका बिचमा टोगल स्विच देखिन्छ । त्यसैगरी यसमा राउन्ड एलईडी हेडलाइट र बेन्च जस्तै फ्ल्याट सिट छ । हेडलाइटको माथि सानो भाइजर छ ।

यसमा पेट्रोल र सीएनजी इन्धनमा चल्नका लागि छुट्टाछुट्टै ट्याङ्की र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुने अपेक्षा गरिएको छ । यसको इन्जिन क्षमता ११०(१२५ सीसीको बिचमा हुने सम्भावना छ र यसको प्रारम्भिक मूल्य लगभग ८० हजार भारु हुने अनुमान छ।

सम्बन्धित समाचारहरू

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि...

नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर...

बजाज पल्सर एनएस४००जेड नयाँ अपडेटका साथ लन्च

बजाज पल्सर एनएस४००जेड नयाँ अपडेटका साथ लन्च

बजाज अटोले आफ्नो लोकप्रिय स्पोर्ट्स मोटरसाइकल पल्सर एनएस४००जेड नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...