एउटै इन्जिन भएका दुई फरक बाइक, यस्तो छ बजाज डोमिनार ४०० र पल्सर ४०० मा भिन्नता
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
भारतमा ट्रायम्फ स्पिड ४०० बाइक लन्च भएको एक वर्ष पुगेको छ । सो अवसरमा कम्पनीले १० हजार मूल्य छुट सहित आकर्षक अफर घोषणा गरेको छ ।
सन् २०२३ को जुन २७ मा ट्रायम्फ स्पिड ४०० बाइक लन्च भएको थियो । त्यसैगरी अक्टोबरमा स्क्र्याम्बलर ४००एक्स लन्च भएको थियो ।
बजाजको सहकार्यमा ट्रायम्फको सो सबैभन्दा सानो बाइक लन्च भए पश्चात धेरै नै चर्चित बन्यो । एक वर्षको अवधिमा ट्रायम्फले विश्वका ५० देशमा ५० हजार बाइक बिक्री गरेको छ ।
नयाँ ट्रायम्फ स्पिड ४०० पूर्ण रूपमा भारतमा निर्मित बाइक हो । जसको कारण कम्पनीले सो बाइक कम मूल्यमा लन्च गर्न सक्षम भएको हो । सो बाइकको हार्ले डेभिडसन एक्स४४०, रोयल इन्फिल्ड क्लासिक ३५०, मेटियोर ३५० र येज्दी रोडस्टरसँग प्रतिस्पर्धासँग हुनेछ । साथै जावा ४२ बाइकलाई पनि टक्कर दिनेछ ।
ट्रायम्फ स्पिड ४०० मा कम्पनीले आकर्षक स्ट्रिट फाइटर डिजाइन दिएको छ । यद्यपि कम्पनीले यसमा राउण्ड हेडल्याम्प, टियरड्रप फ्युल ट्यांक र रेट्रो रियर भ्यू मिरर जस्ता पुरानो लुक कायम राखेको छ । बाइकको अगाडि अपसाइड डाउन टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा मोनोसक सस्पेन्सन सेटअप दिइएको छ ।
सो बाइक नयाँ डिजाइनको पेरिमिटर फ्रेममा आधारित छ । बाइकको अलोय ह्विल र इन्जिनमा म्याट ब्ल्याक पेन्ट गरेको छ । कम्पनीले यसमा डिजिटल डिस्प्लेसहित एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर प्रयोग गरेको छ ।
नयाँ ट्रायम्फ स्पिड ४०० मा कम्पनीले ३९८ सीसी सिंगल सिलिन्डर इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले ८००० आरपीएममा ४० बीएचपी पावर र ६५०० आरपीएममा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा स्लिपर असिस्ट क्लच पनि छ । सो बाइकले २८ किमी प्रति घन्टाको माइलेज दिने कम्पनीको दाबी छ ।
सेफ्टी फिचरको लागि बाइकमा ड्युअल डिस्क ब्रेक, ड्युअल च्यानल एबीएस र इन्जिन इमोबिलाइजर दिइएको छ । बाइकमा सबै लाइट एलईडीमा दिइएको छ । यसमा १७ इन्च एलोय ह्विलको साथमा ड्युअल पर्पज रेडियल टायर जोडिएको छ ।
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
बजाज अटोले सन् २०२६ को मार्चसम्ममा भारतीय बजारमा नयाँ १२५ सीसी मोटरसाइकल...
बजाजले एन२५० मा आधारित १६० सीसीको पल्सर एन१६० नेकेड स्पोटर््स बाइक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...