भेस्पाले ल्यायो ड्रयागन एडिसन स्कुटर, मूल्य महिन्द्रा स्कर्पियो जत्तिकै हुने

भेस्पाले ड्रयागन एडिसन स्कुटर लन्च गरेको छ । यसमा ड्रयागन प्याटर्नको डिजाइन दिइएको छ । सो स्कुटरको हेडल्याम्पको तल र प्रोफाइलमा ड्रयागनको आकृति बनाइएको छ ।

भेस्पाको ड्रयागन एडिसन स्कुटर भेस्पाको ९४६ स्कुटरमा आधारित छ । यसमा दिइएको नयाँ पेन्ट र डिकल्सका कारण यो एकदमै फरक देखिन्छ । साथै सो स्कुटरमा हरियो रङमा ड्रयागन ग्राफिक्स दिइएको छ, जुन अगाडिको एप्रनदेखि साइड प्यानलसम्म बनाइएको छ ।

भेस्पा ड्रयागन एडिसन स्कुटरको फ्रन्टमा कोइल स्प्रिङ सस्पेन्सन र पछाडि प्रिलोड मोनोशक सेटअप समावेश छ । दुबै टायरमा २२० एमएम डिस्क ब्रेक जडान गरिएको छ, जसमा ड्युअल च्यानल एबीएस सिस्टम पनि उपलब्ध छ । यसमा ८ लिटरको इन्धन ट्याङ्की छ र १५० सीसीको इन्जिन जडान गरिएको छ ।

भेस्पा ड्रयागन एडिसन स्कुटरका १८८८ युनिट विश्वव्यापी उपलब्ध छ ।  भेस्पा ९४६ ड्रयागन एडिसनको मूल्य १४ लाख २७ हजार भारु छ । महिन्द्रा स्कर्पियोको मूल्य १३ लाख ६१ हजार भारु छ । यस अनुसार याे स्कर्पियाे भन्दा महंगाे छ ।

सम्बन्धित समाचारहरू

डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

काठमाडौं– नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका...

उस्तै मूल्यका दुई प्रिमियम स्कुटर भेष्पा किन्ने कि बेनेली, यस्तो छ फिचर्स र मूल्य

उस्तै मूल्यका दुई प्रिमियम स्कुटर भेष्पा किन्ने कि बेनेली, यस्तो छ फिचर्स र मूल्य

प्रिमियम सेग्मेन्टका मोटरसाइकल र स्कुटर उत्पादनमा इटाली विश्वभर चर्चित...

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

काठमाडौं —भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...