युरोपमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

चिनियाँ अटोमोबाइल जायन्ट चांगानले यसै वर्ष आफ्नो न्यु इनर्जी ब्रान्ड दिपल सार्वजनिक गर्ने भएको छ । चांगानले यो वर्षको अन्तसम्ममा दिपल, कियुआन र अवतारलाई युरोपेली बजारमा उतार्न लागेको हो ।

सन् २०३० सम्ममा युरोपमा वार्षिक तीन लाख कार विक्री गर्ने लक्ष्य पनि लिएको चांगानले युरोपमा प्लान्ट खोल्ने पनि योजना अघि सारेको छ । उसले अबको तीन वर्षमा ६ नयाँ मोडल सार्वजनिक गर्नेछ ।

चांगानले युरोपबाहेक अमेरिका र अफ्रिका तथा अन्य एसियाली बजारमा पनि बजार विस्तार गर्ने योजना बनाएको छ । मध्य र दक्षिण अमेरिकामा चांगान अटोको ध्यान इन्धनबाट चल्ने कारमा केन्द्रित हुनेछ । सन् २०३० सम्ममा उसले त्यो क्षेत्रमा दुई लाख वटा कार विक्री गर्ने लक्ष्य लिएको छ ।

चांगानले गएको फेब्रुअरीबाट मेक्सिकोमा आफ्नो विक्री इकाई सुरु गरेको थियो । त्यसैगरी, मध्य र पूर्वी अफ्रिकामा उसले आईस इन्जिन र न्यु इनर्जी भेइकल दुवैमा ध्यान केन्द्रित गर्नेछ । यो क्षेत्रमा उसको लक्ष्य दुई लाख कार बेच्ने रहनेछ ।

चांगानले भर्खरै थाइल्यान्डमा आफ्नो प्लान्ट बनाएको छ । यहाँबाट वार्षिक एक लाख युनिट कार उत्पादन हुनेछ । चांगानलेले यो वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि डेब्यु गर्नेछ । मध्यपूर्व एसिया र यी दुई मुलुकमा चांगानले वार्षिक तीन लाख युनिटको लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...

गाडीको ब्याट्री वा अन्य आन्तरिक कारणले एट्टो ३ मा आगलागी नभएको बीवाईडी नेपालको स्पष्टोक्ति

गाडीको ब्याट्री वा अन्य आन्तरिक कारणले एट्टो ३ मा आगलागी नभएको बीवाईडी नेपालको स्पष्टोक्ति

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले केही समय...

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...