तीव्र रुपमा तयार हुँदै ग्वार्को फ्लाइओभर

काठमाडौं – राजधानीको चक्रपथस्थित ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर निर्माणको कार्य तीव्र रुपमा भइरहेको छ । हाल आठ लेन मध्ये चार लेन बन्द गरेर यहाँ निर्माण कार्य भइरहेको छ ।

यस अनुसार एप्रोच सडक र आइरल वालको काम भइरहेको छ । सडक विभागले असारभित्रै निर्माण सकेर ०८१ भित्रै सवारीसाधन गुडाउने लक्ष्य लिएको छ ।

निर्माण कम्पनी आशिष–समानान्तर–रेगिलर जेभीका अनुसार बिहान ७ बजेदेखि राति ११ बजेसम्म काम भइरहेको छ । ग्वार्को चोकमा फ्लाइओभर बनेपछि चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार–ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । फ्लाइओभर १७ करोड ६ लाख लागतमा निर्माण भइरहेको छ ।

दुई वर्षभित्र फ्लाइओभर बनाउन १२ फागुन ०७८ मा सम्झौता भएको थियो । तर, पछि डिजाइनमा त्रुटि पाइएपछि १० भदौ ०८० मा संशोधन गरियो । जसकारण आयोजनाको काम एक वर्ष धकेलियो । ०८१ फागुनसम्म निर्माण सक्नुपर्ने सम्झौता छ ।

सम्बन्धित समाचारहरू

स्वरुप परिवर्तन गरिएका र ध्वनी प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

स्वरुप परिवर्तन गरिएका र ध्वनी प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीद्वारा मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरु...

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

काठमाडौं–नेपाली सेनाले शुक्रबार (भदौ २७) बिहान ६ देखि ११ बजेसम्म...

सहज र सुरक्षित सेवाका लागि गैरआवासीय नेपालीको लगानीमा शुरु भयो ई–क्याब ट्याक्सी सेवा

सहज र सुरक्षित सेवाका लागि गैरआवासीय नेपालीको लगानीमा शुरु भयो ई–क्याब ट्याक्सी सेवा

काठमाडौं – नेपाली राइड सेयर बजारमा अर्को कम्पनीको प्रवेश भएको छ । ई–क्याब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...