अपडेटसहित आउँदै न्यु जेनेरेसन बजाज डोमिनार ४००
बजाजले नयाँ जेनेरेसन डोमिनार ४०० लाई भारतमा ठूलो अपग्रेडका साथ प्रस्तुत...
बजाज अटोले जुलाई ५ मा आफ्नो पहिलो सीएनजी बाइक लन्च गर्ने भएको छ । सो बाइक विश्वको पहिलो सीएनजी बाइक हुने कम्पनीको दाबी छ । कम्पनीले बाइक उद्घाटन समारोहमा यसको जानकारी दिएको हो ।
कम्पनीले हालै ‘बजाज फाइटर’ नामको ट्रेडमार्क गरेको थियो । यो नाम कम्पनीको आगामी सीएनजी बाइकको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले गत महिना बजाज ब्रुजरको नाम पनि ट्रेडमार्क गरेको थियो । यस्तो अवस्थामा फाइटर कम्पनीको दोस्रो सीएनजी बाइक हुन सक्ने अपेक्षा गरिएको छ । तर, बजाजले दुवैको नामबारे अहिलेसम्म कुनै खुलासा गरेको छैन ।
बजाजको नयाँ सीएनजी बाइकमा एउटा सिङ्गल सिट देखिएको छ, जुन सीएनजी ट्याङ्की इन्टेकको लागि ढक्कन जस्तो देखिन्छ । बाइकमा सीएनजी र पेट्रोल ट्याङ्कीको साथमा ड्युअल फ्युल ट्याङ्की पनि हुनेछ ।
मिडिया रिपोर्टका अनुसार बजाजको सीएनजी बाइकमा राउण्ड एलईडी हेडलाइट, गार्डसहितको ट्युबुलर ह्यान्डलबार, ठुलो फ्युल ट्याङ्की क्लेडिङ, ठुलो सिट र सिंगल-पीस ग्रेब रेल र एलईडी टेललाइट, सिंगल पिस सिट, एक्जस्ट मफलर, रियर फेन्डर, रियर टायर हगर, सिंगल पीस पिलियन ग्रेब रेल र एलईडी इन्डिकेटर हुनेछ ।
साथै पेट्रोल र सीएनजी इन्धनमा चल्नका लागि छुट्टाछुट्टै ट्याङ्की र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पाउने अपेक्षा गरिएको छ । यसको इन्जिन क्षमता ११०-१२५ सीसीको बिचमा हुने सम्भावना छ ।
बजाजले नयाँ जेनेरेसन डोमिनार ४०० लाई भारतमा ठूलो अपग्रेडका साथ प्रस्तुत...
बजाजले पल्सर सिरिजको नयाँ बाइक पल्सर पी१५० भारतमा लन्च गरेको छ । बजाजले यो...
ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...