अपडेट भएर आयो पल्सर १५०, नयाँ ग्राफिक्सका साथ नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध

बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सर १५० नयाँ अपडेटसहित सार्बजनिक गरेको छ ।

नयाँ बजाज पल्सर १५० मा १४९.५ सीसी इन्जिन समावेश गरिएको छ, जसले ८५०० आरपीएममा १३.८ बीएचपीको पावर र ६५०० आरपीएममा १३.२५ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

बजाजले पल्सर १५० को बडी प्यानलमा कुनै परिवर्तन गरेको छैन । तर, यसको लुकलाई नयाँ बनाउन नयाँ ग्राफिक्सको प्रयोग गरिएको छ । साथै हेडल्याम्प काउल, फ्युल ट्याङ्की, कफन र टेल सेक्सनमा पनि नयाँ ग्राफिक्स प्रयोग गरिएको छ ।

सो बाइकमा नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । यो नयाँ क्लस्टरले गियर पोजिसन इन्डिकेटर, मोबाइल नोटिफिकेशन अलर्ट, इन्स्ट्यान्टेनियस फ्युल इकोनोमी, डिस्टेन्स टु इम्प्टी, औसत इन्धन इकोनोमी र समय जस्ता जानकारी देखाउँछ। यस बाहेक यसमा सामान्य ट्रिप मिटर, ओडोमिटर, स्पिडोमिटर र फ्युल गेज पनि छ ।

बजाजले सो बाइकमा डबल क्र्याडल फ्रेम प्रयोग गरेको छ, जसलाई टेलिस्कोपिक फोर्क्स र ट्विन शक एब्जर्बरद्वारा सस्पेन्ड गरिएको छ । यसमा १७ इन्चको अलोय ह्विल समावेश गरिएको छ । ब्रेकिङका लागि अगाडि डिस्क र पछाडि ड्रम दिइएको छ ।

सम्बन्धित समाचारहरू

क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाजको प्रायोजन, बन्यो पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर

क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाजको प्रायोजन, बन्यो पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

डोमिनार ४०० को फेसलिफ्ट भर्सन आउँदै, तौल कम र फिचर अपग्रेड हुने

डोमिनार ४०० को फेसलिफ्ट भर्सन आउँदै, तौल कम र फिचर अपग्रेड हुने

बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४००...

अपडेट भएर आयो पल्सर १२५, मूल्य कति ?

अपडेट भएर आयो पल्सर १२५, मूल्य कति ?

बजाज अटोले पल्सर १२५ को नयाँ संस्करण लन्च गरेको छ । अपडेट गरेर ल्याइएको सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...