सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको छ ।

प्लान्ट बन्द गर्ने निर्णय थाइल्याण्डमा घट्दो बिक्रीको बीचमा आएको हो । आर्थिक वर्ष २०२३ मा सुजुकी मोटरले थाइल्याण्डमा १० हजार ८०७ युनिट मात्रै बिक्री दर्ता गरेको थियो भने निर्यात संख्या १ हजार २७२ युनिट थियो । सुजुकीले भने प्लान्ट बन्द गर्नको पछाडी विश्वव्यापी रूपमा कार्बन तटस्थता र विद्युतीकरणलाई बढावा दिने लक्ष्य अनुरूप रहेको जनाएको छ ।

२०११ मा स्थापना भएको सुजुकी मोटर थाइल्याण्डले २०१२ देखी घरेलु र निर्यात बजार दुवैका लागि विभिन्न मोडलका कारहरु उत्पादन गर्दै आएको छ । कम्पनीले थाइल्याण्डका लागि स्विफ्ट, सेलेरियो र सियाज जस्ता मोडल उत्पादन गर्दै आएको हो ।

उत्पादन बन्द गरे पनि देशमा आफ्नो बिक्री र बिक्रीपछिको सञ्चालनलाई निरन्तरता दिने सुजुकीले बताएको छ । साथै, कार्बन तटस्थता प्रवर्द्धन गर्न थाई सरकारको लक्ष्य अनुरूप, सुजुकीले बिद्युतिय र हाइब्रिड मोडेलहरू अगाडि बढाउने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...

मारुतीले थप्यो इको भ्यानमा एयर ब्याग, अब डुअल एयर ब्याग सहित आउने

मारुतीले थप्यो इको भ्यानमा एयर ब्याग, अब डुअल एयर ब्याग सहित आउने

मारुतीले आफ्नो लोकप्रिय भ्यान इकोमा सेफ्टि फिचर्स थप गरेको छ । यसअघि...

एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...