के हो आईएमटी गियरबक्स, जान्नुहोस् यसका फाइदा

कार बजारमा मुख्यतया म्यानुअल र अटोमेटिक गरी २ प्रकारका कारहरू उपलब्ध छन् । यद्यपि, टेक्नोलोजीमा निरन्तर प्रगतिको कारण अब बजारमा अन्य विकल्प पनि उपलब्ध भइसकेको छ । हाल बजारमा आईएमटी गियरबक्स पनि आउन थालेको छ । तर धेरैलाई आईएमटी गियरबक्सको बारेमा थाहा नहुन सक्छ ।

आईएमटी भनेको इन्टेलिजेन्स म्यानुअल ट्रान्समिसन हो । यस ट्रान्समिसनमा इन्टेलिजेन्स भनेको उत्कृष्ट फिचर हो । यही कारणले गर्दा आईएमटी गियरबक्स भएका कारमा राम्रो माइलेज हुन्छ । यद्यपि यो गियरबक्स अझै पनि प्रारम्भिक चरणमै छ र यसलाई पूर्ण रूपमा तयार हुन अझै पनि समय लाग्न सक्छ। तर मिडिया रिपोर्टका अनुसार केही कारमा सो गियरबक्स देखिएको छ । सो गियरबक्स आगामी केही वर्षमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

आईएमटी गियरबक्स भएका कार ड्राइभ गर्दा क्लच थिच्नु पर्दैन । सो गियरबक्स सेन्सरको मदतले काम गर्छ । कार ड्राइभ गर्दा चालकले थ्रोटल प्याडलबाट दबाब कम गरेपछि यस गियरबक्सका सेन्सरले कार इन्जिनलाई अटोमेटिक न्युट्रलमा राख्छ । यस गियरबक्समा एक्चुएटर प्रयोग गरेर क्लच थिचिन्छ। त्यसपछि चालकले गियर परिवर्तन गरेपछि एक्चुएटरले फेरि क्लच जोड्छ र इन्जिन सुरु हुन्छ। 

आईएमटी गियरबक्समा चालकलाई धेरै थकानको महसुस हुँदैन । साथै ट्राफिक जाममा पनि बारम्बार क्लच थिच्नु पर्ने झन्झटबाट मुक्त भइन्छ । आईएमटी गियरबक्सलाई अटोमेटिक भन्दा सजिलो नियन्त्रण गर्न सकिन्छ। साथै, अटोमेटिक भन्दा कम खर्चिलो पनि हुन्छ ।

सम्बन्धित समाचारहरू

एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

काठमाडौं – विश्व प्रसिद्ध एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री...

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनो अटोमोटिभले वान वे क्लच लगायतका विभिन्न नयाँ मोडलका क्लच बजारमा...

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

सवारी साधनमा धेरै फिचर छन्, जुन दैनिक जीवनमा विरलै प्रयोग गरिन्छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...