आन्सर ब्याक फिचरसहित लन्च भयो यामाहाको फेसिनो एस स्कुटर

यामाहाले विशेष फिचरसहितको फेसिनो एस स्कुटर भारतीय बजारमा लन्च गरेको छ । सेफ्टीको दृष्टिकोणबाट सो फिचर निकै अपग्रेडेड र उत्कृष्ट राइडिङ एक्सपिरियन्स प्रदान गर्छ । फेसिनो एस स्कुटर बजारमा स्टाइलिश युरोपेली डिजाइन र उत्कृष्ट प्रदर्शनको साथ उपलब्ध गराइएको छ।

यामाहाले सो स्कुटरमा आन्सर ब्याक फिचर समावेश गरी लन्च गरिएको हो । यामाहाको मोबाइल एपमा यामाहा स्कुटर आन्सर ब्याक सुविधा प्रयोग गर्न सकिनेछ । पार्किङ स्थलमा सो एप्लिकेसन भित्र रहेको आन्सर ब्याक फिचर बटन थिचेर सजिलै आफ्नो स्कुटर पत्ता लगाउन सकिन्छ ।

यसको बटन क्लिक गरिसकेपछि करिब दुई सेकेन्डको लागि स्कुटरको बायाँ र दायाँ दुवै तर्फबाट हर्न बज्न थाल्छ, जसले आफ्नो स्कुटर कहाँ छ भनेर सजिलै पत्ता लगाउन सकिनेछ । यो एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै इन्स्टल गर्न सकिन्छ।

कम्पनीले सो स्कुटरमा १२५ सीसी एयर कुल्ड फोर-स्ट्रोक एसओएचसी इन्जिन उपलब्ध गराएको छ, जसले ६ किलोवाटको पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरमा फ्युल इन्जेक्सन सिस्टम, स्टप/स्टार्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर सिस्टम जस्ता धेरै फिचर प्रदान गरिएको छ।

कम्पनीले आन्सर ब्याक फिचरसहितको यो स्कुटरको एक्स शोरुम मूल्य ९३ हजार ७३० रुपैयाँ तोकेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

काठमाडौं– यामाहा नेपालले आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड...

आज नेपाली बजारमा लन्च हुँदै यामाहाको म्याक्सी स्कुटर एरोक्स १५५

आज नेपाली बजारमा लन्च हुँदै यामाहाको म्याक्सी स्कुटर एरोक्स १५५

काठमाडौं – मस्कुलर र स्पोर्टी स्टाइलमा रहेको यामाहाको म्याक्सी स्कुटर...

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...