यी ५ विशेषताले सुसज्जित छ २०२४ बजाज पल्सर एनएस४००जेड

बजाज अटोले हालै पल्सर एनएस४००जेड लन्च गरिसकेको छ। यो कम्पनीको पल्सर लाइनअपमा रहेको फ्ल्यागशिप मोटरसाइकल हो । यसको डेलिभरी यसै महिनाको अन्त्यबाट सुरु हुने बताइएको छ ।

पल्सर एनएस४००जेडको डिजाइन अन्य पल्सर जस्तै छ। पल्सर बाइक निकै लोकप्रिय भएकोले बजाजले यसको सिल्हुटलाई कायम राखेको छ । बाइकको फ्रन्टमा नयाँ हेडल्याम्प जडान गरिएको छ । यसमा लो स्लङ्ग हेडल्याम्प, ट्याङ्की कफनसहितको मस्कुलर फ्युल ट्याङ्की र हाल उपलब्ध पल्सरमा पाइने टेलल्याम्प डिजाइन भएको स्लिम रियर सेक्सन समावेश गरिएको छ ।

पल्सर एनएस४००जेडमा ३७३ सीसी इन्जिन जडान गरिएको छ, जसले ८८०० आरपीएममा ३९.५ बीएचपी पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियरबक्स जोडिएको छ ।

पल्सर एनएस४००जेडमा एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, एलईडी लाइटिङ र ड्युअल च्यानल एबीएस पनि समावेश गरिएको छ । साथै ट्रयाक्सन कन्ट्रोल, राइड-बाई-वायर, एबीएस मोड र राइडिङ मोड पनि उपलब्ध छ।

एनएस४००जेडको फ्रन्ट ४३ एमएम अपसाइड डाउन फोर्क र पछाडि मोनोशक दिइएको छ। दुबै पाङग्रामा डिस्क ब्रेक दिइएको छ । यसको मूल्य १ लाख ८५ हजार भारु तोकिएको छ । यसले केटीएम ड्युक ३९० सँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

नयाँ पल्सर २२० एफको बुकिङ खुला, के–के छन् विशेषता

नयाँ पल्सर २२० एफको बुकिङ खुला, के–के छन् विशेषता

काठमाडौं–बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर २२० एफको नयाँ भर्सन छिट्टै...

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज...

चेतक ईभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्सपाेमा सार्वजनिक

चेतक ईभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्सपाेमा सार्वजनिक

काठमाडौं–चेतक ईभीले नाइमा मोबिलिटी एक्सपाे’ २०२५ मा आफ्नो आधिकारिक एन्थम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...