सुजुकी सेलिरियो, अल्टो के–१० र एस–प्रेसोको नयाँ एडिसन आउँदै

मारुती सुजुकीले सेलिरियो, अल्टो के–१० र एसप्रेसेको सस्तो भेरिएन्ट ल्याउने भएको छ । साना ह्याचब्याकको माग क्रमिक रुपले घट्न थालेपछि कम्पनीले यी तीन कारको सस्तो भेरिएन्ट ‘ड्रिम एडिसन’ ल्याउने जनाएको हो ।

नयाँ एडिसन अन्तर्गतक सेलिरियोको मूल्य ४ लाख ९९ हजार भारु पर्ने जनाइएको छ । सुजुकीले हाल यसको इन्ट्रि लेबल भेरिएन्ट एलएक्सआईलाई ५ लाख ३७ हजार भारुमा बिक्री गर्दै आएको छ । जसअनुसार यो नयाँ भेरिएन्ट हालको एलएक्सआईको तुलनामा ३८ हजार भारुले सस्तो पर्नेछ ।

यसैगरी, नयाँ एडिसन अन्तर्गत अल्टो के–१० को मूल्य हालको इन्ट्रि लेवल एलएक्सआई र टप भेरिएन्ट भिएक्सआईको विचमा तय हुनेछ । कम्पनीले हाल यी दुई भेरिएन्टलाई ४ लाख ८४ हजार र ५ लाख ६ हजार भारुमा बिक्री गर्दै आएको छ ।

एसप्रेसोको ड्रिम एडिसन पनि हाल उपलब्ध इन्ट्रि लेवल स्टयन्डर्ड र एलएक्आई भेरिएन्टको विचमा रहने बताइएको छ । यी कारको मूल्य हाल ४ लाख २७ हजार र ५ लाख २ हजार भारु तय गरिएको छ । यी कारको ड्रिम एडिसनमा थुप्रै फिचर समेत थप हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजाका यस्ता छन् मुख्य विशेषता

नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजाका यस्ता छन् मुख्य विशेषता

मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय...

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

मारुती सुजुकीले यही महिना भारतीय बजारमा नयाँ सुजुकी सेलेरियो सार्वजनिक...

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

भारतमा मारुती सुजुकी कार हात पार्न ४ लाख हाराहारी ग्राहक पतिक्षारत रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...