सडकमा सवारी बिग्रेमा के गर्ने ?

तपाई पनि आफ्नो यात्रा अनि गन्तब्य तय गर्ने क्रममा सडकमा यातायातका साधनहरु बिग्रेर हैरानी तथा तनावको अवस्था भोग्नु भएकै होला । यात्रीको रुपमा यात्रा गर्दै गर्दा सवारी साधन बिग्रदा त तपाई पक्कै पनि केही समय सवारी साधन बन्छ कि भनेर धैर्य गर्नुहुन्छ । 

यदि सवारी साधन बनाउन धेरै समय लाग्ने अवस्था छ, सवारी साधन बनाउन धेरै समय लाग्ने अवस्था छ, अनि बिकल्पका रुपमा अन्य सवारी साधनहरुको पनि पनि उपलब्धता भएमा ती साधनहरुको प्रयोग गरेर आफ्नो गन्तब्यलाई जोड्न सक्नु हुनेछ ।

तर आफै सवारी चालक हुनुहुन्छ र यात्राको क्रममा यस्तो अवस्था आयो भने के गर्ने होला छ ?
आउनुहोस्, हामी आज सवारी साधन बाटोमा बिग्रदा तपाईले ध्यान दिनुपर्ने कुराहरुको वारेमा जानकारी राखौ ।

  • सवारी बिग्रदा पार्किङका नियमहरु लागु हुन्छन् । सम्भव भएसम्म आफ्नो सवारी साधनलाई सुरक्षित स्थान सम्म लैजानु पर्दछ ।
  • ध्यान राख्नुहोस्, सवारीलाई बिच बाटोमा रोक्दा ट्राफिकलाई बाधा मात्र होइन, खतरा पनि हुन सक्छ ।
  • यदि सवारी साधनलाई सुरक्षित स्थानसम्म वा सडक किनारासम्म पनि लैजान नसकिने अवस्था रहेमा आफ्नो सवारी साधनको कम्तिमा पनि ५० मिटर पछाडि चेतावनी संकेत गर्ने Reflector Warning Triangle राख्नुहोस् ।
  • यदि Reflector Warning Triangle साथमा छैन भने परिचालक वा सहयोगीलाई टाढैबाट संकेत गर्न पठाउनु होस् । नेपालको सन्दर्भमा धेरैजसो चालक वा परिचालकहरुले रुखका हाँगाहरु राखेर संकेत गर्ने गरेको पाइन्छ ।
  • सके सम्म अँध्यारो हुनु अगावै मर्मत गरी सवारी साधन लैजानु पर्दछ । यदि सम्भव भएन वा मर्मत सकिएन, मर्मत सामग्री पाइएन, मर्मतका लागि पार्ट्स उपलब्ध हुन समय समय लाग्ने भयो र यसका कारण रातको समयमा सवारी छोडेर जानु परेमा पार्किङ बत्ति बालेर उचित दुरीमा चिन्हहरु राखी अन्य चालकहरुलाई सचेत गराउनु होस् ।
  • सडकमा मोबिल, डिजेल वा अन्य लुब्रिकेन्ट्स नपोख्नुहोस्, किनकी यसले अन्य सवारी साधनलाई चिप्ल्याएर दुर्घटना गराउन सक्छ भने यसले सडकलाई पनि बिगार्छ । साथै आगलागीको घटना हुन सक्ने सम्भावना पनि हुन्छ ।
  • यदि मोबिल, डिजेल वा अन्य लुब्रिकेन्ट्स पोखिएको अवस्था छ भने बालुवाले त्यसलाई छोपिदिनुहोस्, सम्भव भए त्यसलाई सफा गर्नुहोस् ।
  • सवारी साधन बनिसके पछि पनि गन्तब्य तय गर्दा मर्मतका बेला सवारी अड्याउन प्रयोग गरिएका ओटहरुको उचित व्यवस्थापन गर्नुहोस् ।

सम्बन्धित समाचारहरू

एकै दिनमा २ हजार ४४५ चालक ट्राफिक कारबाहीमा, २२.७६ लाख राजस्व संकलन

एकै दिनमा २ हजार ४४५ चालक ट्राफिक कारबाहीमा, २२.७६ लाख राजस्व संकलन

काठमाडौं-बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४४५ सवारीचालक...

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण...

देशभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता, २० लाख ८७ हजार स्मार्ट लाइसेन्स

देशभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता, २० लाख ८७ हजार स्मार्ट लाइसेन्स

काठमाडौं – देशभर दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...