सोलिड स्टेट ब्याट्रीको विकासमा चीनले ६ अर्व यूवान खर्च गर्ने, बीवाइडी सहित ६ कम्पनी छनोट

काठमाडौं– चीन सरकारले नयाँ प्रबिधीको ब्याट्री ‘सोलिड स्टेट’को खोज र अनुसन्धानमा ठूलो रकम खर्च गर्ने भएको छ । सो नयाँ ब्याट्रीको विकासका लागी चीनले सिएटिएल, बीवाईडी, एफएडब्लु, एसएआईसी, गिली र विलायनसंग सहकार्य गर्दै ६ अर्व यूवान लगानी गर्ने घोषणा गरेको हो ।

यी ६ कम्पनीमा विलायन बाहेक वाँकी सबै ब्याट्री र गाडी उत्पादनमा कहलिएका कम्पनी हुन् । विलायनले निओका लागि १५० किलोवाट आवर क्षमताको सोलिड स्टेट ब्याट्री उपलब्ध गराउँदै आएको छ । सोलिड स्टेट ब्याट्रीको विकासमा काम गर्ने घोषणा गरेका दुई ठूला अटो उत्पादक ग्रेटवाल र जीएसी भने यो सुविधा पाउनबाट वञ्चित भएका छन् । ६ वटा कम्पनीले समान १ अर्व युवानका दरले अनुदान पाउन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

उच्च इनर्जी डेन्सिटी र सुरक्षामा अब्बल हुने कारण चीनले पछिल्लो समय सोलिड स्टेट ब्याट्रीको उत्पादनमा जोड दिँदै आएको छ । सोलिड स्टेट ब्याट्री अहिले खोज र अनुसन्धानकै चरणमा छ भने केही कमपनीले ट्रायलका रुपमा प्रयोग समेत गर्न थालेका छन् । निकै महंगो प्रबिधी प्रयोग हुने कारण हालसम्म यसको मास प्रोडक्सन हुन सकेको छैन ।

सोेलिड स्टेट ब्याट्रीमा लिक्विड इलेक्ट्रोलाइटको स्थानमा सोलिड इलेक्ट्रोलाइट प्रयोग गरिन्छ । चीनमा केही कम्पनीले सेमी सोलिड स्टेट ब्याट्री समेत उत्पादन गर्दै आएका छन् । यस्ता ब्याट्रीमा १० प्रतिशत भन्दा कम लिक्विड इलेक्ट्रोलाइट प्रयोग गरिन्छ । जवकी क्वासी सोलिड स्टेटमा भने लिक्विड इलेक्ट्रोलाइटको मात्रा ५ प्रतिशतभन्दा कम हुन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

काठमाडौं – सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

काठमाडौं–जीरो इमिसन राइड एनले मनसुन सिजनलाई लक्षित गरी आफ्ना लोकप्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...