एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप
एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...
काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले हालै नेपाली बजारमा उपलब्ध गराएको ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सहकार्यको घोषणा गरेको छ ।
हिमालयन बैंकको क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरलाई ३६ महिना सम्म मासिक रुपमा किस्ता तिर्ने गरी फाइनान्स सुविधा प्रयोग गर्न सक्ने छन् । यसका लागि वार्षिक रुपमा ६.९९ प्रतिशत ब्याजदर मात्र लाग्ने छ ।
ग्राहकले आवश्यकता अनुसार २० हजार देखि ५ लाख रुपैयाँ सम्मको ऋण लिन सक्ने छन् । हिमालयन बैंकको एचबीएल भिसा वा मास्टर कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी सहज तरिकाले ईएमआई तिर्न सकिने छ भने ऋण सुविधाका लागि पनि सहज तरिकाले व्यवस्थापन हुने बताइएको छ ।
नेपाली बजारमा उपलब्ध ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरमा ४ हजार वाटको पिक पावर भएको मोटर छ भने यो १८ डिग्री भन्दा बढीको उकालोमा उक्लिन सक्छ । सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने सो स्कुटरमा म्याट्रिक्स एलईडी हेडलाइट, एलईडी डिस्प्ले र भिजिबल ब्याकलाइट जस्ता फिचर छन्, जसले सेफ्टी र स्टाइललाई बढाएका छन् ।
कुसन सिट र ३० लिटरको सुपर स्टोरेज स्पेसले कम्फर्ट र कन्भेनिएन्सलाई बढाएको छ । यसमा भएको इको मोड प्रयोग गरी ५१ किलोमिटर प्रतिघण्टाको गतिमा ३५० किलोमिटर सम्मको रेन्ज प्रयोग गर्न सकिन्छ भने ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टाको गतिमा २८० किलोमिटर सम्मको रेन्ज प्राप्त गर्न सकिन्छ । त्यसैगरी स्पोर्ट्स मोडमा ६८ किलोमिटर प्रतिघण्टाको गतिमा २०० किलोमिटरको रेन्ज प्राप्त गर्न सकिन्छ ।
यसमा ४८ भोल्ट १८० एएचको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जुन आईपी ६७ आईपी रेटिङ छ । दुवै चक्कामा डिस्क ब्रेक भएको सो इलेक्ट्रिक स्कुटरलाई ४८ भोल्ट, २५ एम्पियरको चार्जरले ६ देखि ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
काठमाडौं उपत्यकामा क्लासिक ह्ल्सि एक्सपोर्ट एन्ड इम्पोर्ट तथा सोलफुल मोटर प्रालि महाराजगञ्ज र इको एक्जिम नेपाल प्रालि टेकु तथा उपत्यका वाहिर क्लासिक ह्विल्स पोखरा, मितेरी सप्लायर्स एन्ड डेभलपर्स धरान, साबित्री अटोमोबाइल बाग्लुङ, जेबीएस अटोमोबाइल्स दाङ र असीन ट्रेड धनगढीमा सो स्कुटर उपलब्ध छ ।
ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा लगभग...
विश्वभर इलेक्ट्रिक भेइकलको ट्रेन्ड बढ्दै गइरहेको छ । पछिल्लो समयमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...