आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ । कम्पनीले चाँडै नै आफ्नो पहिलो मोडल भारतीय बजारमा लन्च गर्ने भएको छ । कम्पनीको यो पहिलो इलेक्ट्रिक कार ईडब्ल्युएक्स कम्प्याक्ट एसयूभी हुनेछ। सो एसयूभी सन् २०२५ मा लन्च हुने अनुमान गरिएको छ ।
कम्पनीले बैंकक मोटर शो २०२४ मा ईडब्ल्युएक्स इलेक्ट्रिक प्रस्तुत गरेको थियो। कम्पनीले यसको डिजाइन पेटेन्ट भारतमा दर्ता गरेको छ। यसको डिजाइन धेरै हदसम्म गत वर्ष ल्याएको मोडल जस्तै हुनेछ। यसले टाटा टियागो ईभी, टाटा पन्च ईभी र एमजी कमेट ईभीसँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ ईडब्ल्युएक्सको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १६२० एमएम हुनेछ । सो एसयूभी कम्पनीको अफर्डेबल इलेक्ट्रिक कार हुनेछ । यो टोयोटाको २७पीएल प्लेटफर्ममा आधारित हुनेछ ।
यसमा अग्लो विन्डो ग्लास ग्लास र आकर्षक अलोय ह्विल र कारको चारैतिर नियोन ब्यान्डको कलर थिम दिइएको छ । कारको इन्टेरियर पनि निकै आकर्षक बनाइएको छ । यसमा एमजी कमेटमा जस्तै लामो टचस्क्रिन हुनेछ। कारको पावर विन्डो स्विच तलपट्टि राखिएको छ ।
सुजुकी ईडब्ल्युएक्सको ब्याट्री प्याकको बारेमा केही खुलासा गरिएको छैन । तर यसले एक पटक चार्जमा २३० किलोमिटरको रेन्ज दिने अपेक्षा गरिएको छ । यद्यपि यो कति ब्याट्री प्याकमा लन्च गरिनेछ भन्ने बारे केही भन्न सकिने अवस्था छैन । सो एसयूभी १० देखि १२ लाख भारु मूल्यमा लन्च गर्न सकिने अनुमान गरिएको छ ।
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
इटालियन लक्जरी स्पोट्र्स कार निर्माता कम्पनी फेरारीले कम्पनीको पहिलो...
नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी चढेर भारतका ३ जनाले ४ हजार भन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...