कति समयसम्म टिक्छ इलेक्ट्रिक कारको ब्याट्री ? फेर्दा धेरै महंगो किन ?
इलेक्ट्रिक सवारी साधनको प्रयोग विश्वभर तीव्र रूपमा बढ्दै गएको छ । प्रदूषण...
भियतनामी इलेक्ट्रिक कार कम्पनी भिनफास्ट अटोले आफ्नो भीएफ३ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको लागि २७ हजार ६४९ युनिट बुकिङ पाएको घोषणा गरेको छ। कम्पनीले ६६ घण्टामा सो बुकिङ प्राप्त गरेको हो । प्रि-अर्डरको लागि प्राप्त भएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ ।
भिनफास्ट भीएफ३ १३ मे देखि १५ मेसम्मका ग्राहकहरुलाई ९२४८ डलर (ब्याट्री सदस्यता सहित) र १२३९० डलर (ब्याट्री सहित) मूल्य तोकेको छ ।
भीएफ३ को ब्याट्री वारेन्टी ८ वर्षको असीमित माइलेज वारेन्टी र ७ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ । भीएफ३ कार अगस्ट २०२४ देखि डेलिभर हुने अपेक्षा गरिएको छ। यो वर्ष कम्तिमा २० हजार भीएफ३ कार उपलब्ध हुने अपेक्षा गरिएको छ ।
भीएफ३ को लम्बाइ ३१९० एमएम, चौडाइ १६७८ एमएम र उचाई १६२० एमएम छ। यसको स्टोरेज क्षमता ५५० लिटर छ। यद्यपि ब्याट्री प्याकको बारेमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन । सो इलेक्ट्रिक मिनी एसयूभीले एक पटक चार्जमा २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले दाबी गरेको छ। भीएफ३ विश्व बजारमा इको र प्लस दुई भेरिएन्टमा उपलब्ध छ।
सो इलेक्ट्रिक मिनी एसयूभीमा ठुलो १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसले एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई समर्थन गर्छ। ड्राइभरलाई डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टु-स्पोक डिजाइनको साथ मल्टी फङसन स्टेयरिङ ह्विल प्रदान गरिएको छ। यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल एयरब्याग र क्रुज कन्ट्रोल जस्ता फिचर समावेश छ।
इलेक्ट्रिक सवारी साधनको प्रयोग विश्वभर तीव्र रूपमा बढ्दै गएको छ । प्रदूषण...
नेपाली बजारमा टेस्लाका विद्युतीय कार करिव दुई वर्ष देखि बिक्री भइरहेका...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...