अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले इलेक्ट्रिक सवारीसाधन लगायतका चिनियाँ सामानमा भन्सार बढाउने कदमप्रति चीन आक्रोशित छ । चीनको समर्थनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले चिनियाँ सामानमा बढ्दो करलाई अनुचित प्रतिस्पर्धा भनेका छन् ।

अमेरिकाको यो कदमले विशेष गरी अमेरिकी बजारमा प्रवेश गर्ने चीनमा बनेका ईभीलाई असर गर्नेछ । जसमा शुल्क १०० प्रतिशत भन्दा बढी र सेमीकन्डक्टरमा करिब ५० प्रतिशत भन्सार बढेको छ । सेमीकन्डक्टर इलेक्ट्रोनिक सामानको निर्माणका साथै नयाँ प्रकारका सवारी साधनमा प्रयोग हुने प्रमुख कम्पोनेन्ट हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो कदमलाई व्यावहारिक भन्दा पनि राजनीतिक स्टन्टका रूपमा व्याख्या गरेका छन् ।

चिनियाँ कम्पनी बीवाईडी, चेरी र नियो जस्ता कम्पनीले विश्वव्यापी बजारमा आफ्नो प्रभुत्व जमाउँदैछन् । बीवाईडीले विश्वबजारमा ईभी क्षेत्रमा टेस्लासँग प्रतिस्पर्धा गर्दैछ । तर हालै यसले अमेरिकी अटोमोबाइल बजारलाई जटिल भनेर वर्णन गरेको छ । कम्पनीले युरोपेली बजारका साथै भारतलगायत एसियामा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।

बीवाईडी इलेक्ट्रिक कार चीनमा करिब १२ हजार डलरमा बिक्री हुने गरेको छ । सो कारको डिजाइन र ड्राइभिङका कारण निकै चर्चामा छ । कम लागत र भरपर्दो विकल्पका कारण बीवाईडी अमेरिकी बजारमा कडा प्रतिस्पर्धा गर्न सक्नेछ ।

सम्बन्धित समाचारहरू

१ लाख ६० हजारमा दुहानको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

१ लाख ६० हजारमा दुहानको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यो...

बैशाख देखि सुन्दर यातायातले विद्युतीय स्कुटरबाट राइड सेयरिङ सेवा दिने, हाल परीक्षण चल्दै

बैशाख देखि सुन्दर यातायातले विद्युतीय स्कुटरबाट राइड सेयरिङ सेवा दिने, हाल परीक्षण चल्दै

सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो भएकाे गुनासाे

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो भएकाे गुनासाे

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...