अब घरमा पनि बिजुली दिने इलेक्ट्रिक स्कुल बस

अमेरिकाको ओकल्यान्डमा अवस्थित १० लेन फ्रिवे र टर्मिनलको बीचमा क्यालिफोर्नियाको लेटेस्ट रिन्युअल इनर्जी स्रोत छ, जुन पहेंलो इलेक्ट्रिक स्कुल बसको फ्लिट हो । यो अमेरिकी स्कुलमा सेवा गर्ने पहिलो इलेक्ट्रिक बस फ्लिट हो । अगस्टदेखि यी ७४ वटा गाडीले खाडी क्षेत्रको पावर ग्रिडमा २.१ गिगावाट–घण्टा बिजुली पनि आपूर्ति गर्नेछ, जसले ३०० देखि ४०० घरमा उज्यालो पार्न पर्याप्त छ ।

यी बसले वार्षिक रूपमा लगभग २५ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउने अपेक्षा गरिएको छ । एउटा सहरमा जहाँ सार्वजनिक विद्यालयका ७२ प्रतिशत विद्यार्थी कम आय भएका परिवारबाट आउँछन्, तिनीहरू ओकल्यान्डको व्यस्त बन्दरगाह, ट्रकको ट्राफिक र निर्माण इकाईहरूबाट हुने प्रदूषणबाट असमान रूपमा प्रभावित छन् । रिपोर्टका अनुसार अलामेडा काउन्टी देशको सबैभन्दा खराब वायु प्रदूषण क्षेत्रहरू मध्ये एक हो ।

रिपोर्टका अनुसार अमेरिकामा ४ लाख ८० हजार स्कुल बस डिजेल इन्धनमा चल्ने गरेका छन् । हरेक दिन आवतजावत गर्ने २ करोड बालबालिकामध्ये ६० प्रतिशत न्यून आय भएका विद्यार्थी छन्् । भारी शुल्क ट्रक र भारी बस अमेरिकामा केवल ६ प्रतिशत सवारी साधन मात्र उपलब्ध छ । तर यी वसले ५९ प्रतिशत प्रदूषण उत्सर्जन गर्छन् ।

ओकल्यान्डका इलेक्ट्रिक बस सिलिकन भ्याली स्टार्टअप जुमद्वारा उपलब्ध गराइन्छ जसले अहिले विद्यालय जिल्लाको फ्लिट व्यवस्थापन गर्छ । जुमले २०२२ मा आफ्नो फ्लिटमा इलेक्ट्रिक बस थप्न थालेको थियो र कम्पनीका ३ हजार बसमध्ये १० प्रतिशत अहिले शून्य उत्सर्जन भएका छन् ।

सम्बन्धित समाचारहरू

तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखिय बृद्धि...

सिंगापुरको बजारमा स्लिक डिजाइनयुक्त ईभी डोङफेङ बक्सको प्रवेश

सिंगापुरको बजारमा स्लिक डिजाइनयुक्त ईभी डोङफेङ बक्सको प्रवेश

चाइनिज अटोमोबाइल ब्रान्ड डोङफेङ मोटर्स सिंगापुर प्रवेश गरेको छ ।...

चेतकले ल्यायो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

चेतकले ल्यायो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...