लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं–महिन्द्रा एक्सयुभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओले भारतको अटोमोबाइल इतिहाँसमा नयाँ रेकर्ड कायम गरेको छ । उक्त सब फोर मिटर एसयुभीले १ घण्टाभित्र ५० हजार बुकिङ पाएको इतिहास कायम गरेको हो । दुईदिन अघि बुकिङ खुला गरिएको एक्सयूभी थ्रीएक्सओलाई १० मिनेटमै २७ हजार ग्राहकले बुक गरेका थिए ।
नयाँ लुक्स र डिजाइनका साथ नाम नै परिवर्तन भएर आएको सो एसयूभीलाई मन पराउनुको पछाडी यसको स्ट्रइकिङ डिजाइन, लक्जरियस इन्टेरियर र एड्भान्स टेक्नोलोजी प्रमुख कारण मानिएको छ । महिनामा ९ हजार यूनिटमात्र उत्पादन हुनसक्ने कारण यो कार हात पार्न ग्राहकले निकै लामो समय कुर्नुपर्ने देखिन्छ ।
यसमा सेग्मेन्टमै ठूलो पानारोमिक सन रुफ दिन लागिएको छ भने वायरलेस स्मार्टफोन कनेक्टिभिटी सहितको १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध छ ।
साथै यसमा १०.२५ इन्चकै डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डुअल जोन क्लाइमेट कन्ट्रोल, रियस एसी भेन्ट, टाइप–सी यूएसपी पोर्ट र ७ वटा स्पिकर सहित अपग्रेड गरिएको हर्मन कार्डोन म्यूजिक सिस्टम जस्ता सेग्मेन्टमै पहिलो फिचर दिइएको छ । सेफ्टि फिचर अन्तर्गत यसमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र लेभल–२ एडिएएस फिचर सामेल छ ।
एक्सयुभी ३०० को रेगुलर भर्सनमा जस्तै यसमा पनि १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको विकल्प पाइनेछ । उक्त एसयुभीले बजारमा हुन्डाई भेन्यू, किया सोनेट, मारुती ब्रेजा, टाटा नेक्सन र निसान म्याग्नाइट लगायतसंग प्रतिस्पर्धा गर्नेछ । कारको सुरुवाती मूल्य ७ लाख ४९ हजार भारु तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...