चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज
काठमाडौं – एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार,...
महिन्द्राले भारतीय बजारका लागि नयाँ इलेक्ट्रिक भेइकल विकास गरिरहेको छ । कम्पनीले २०२२ मा नयाँ नयाँ कन्सेप्ट प्रस्तुत गरेको थियो। हालै कम्पनीले एक्सयूभी.ई९ लाई टाटा मोटर्सको डिलरशिपमा चार्ज गरिरहेको देखिएको थियो ।
एक्सयूभी.ई९ को चार्जिङ पोर्ट पछाडिको बायाँमा अवस्थित छ। यसमा चार्जिङ पोर्ट कभर गर्नका लागि प्लास्टिकको टुक्रा देखिएको थियो । साथै चार्जिङ पोर्टको वरिपरि सी आकारको एलईडी टेलल्याम्प पनि रहेको छ ।
एक्सयूभी.ई९ म इलेक्ट्रिक कम्पोनेन्टमा आवश्यक हावा प्रवाह कायम राख्न स्लिम एयर ड्यामहरू स्थापना गरिएको छ । साइडमा फ्लस सिटिङ डोर ह्यान्डल सहित नयाँ डिजाइन गरिएका अलोय ह्विल पनि छ ।
महिन्द्रा एक्सयूभी.ई९ को लम्बाइ ४७९० एमएम, चौडाइ १९०५ एमएम र उचाई १६९० एमएम हुनेछ। सो एसयूभी इन्ग्लो प्लेटफर्ममा आधारित हुनेछ र यसको ह्विलबेस २७७५ एमएम हुनेछ। यसको आकार एक्सयूभी७०० भन्दा ठुलो हुनेछ।
एक्सयूभी.ई९ ८० किलोवाट ब्याट्री प्याक दिइएको छ । सो ब्याट्री ० देखि ८० प्रतिशत चार्ज हुनको लागि ३० मिनेट लाग्ने कम्पनीको भनाइ छ । सो एसयूभीले एक पटकको फुल चार्जमा ४५० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।
महिन्द्राले एक्सयूभी.ई९ अप्रिल २०२५ मा लन्च हुने कुरा पहिले नै खुलासा गरिसकेको छ। यो एक्सयूभी.ई८ पछि महिन्द्राको दोस्रो 'बोर्न इलेक्ट्रिक' गाडी हुनेछ, जुन सन् २०२४ को अन्त्यसम्ममा लन्च हुनेछ।
काठमाडौं – एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार,...
पेट्रोल र डिजेलको मूल्य बढेसँगै अहिले अधिकांश मानिस ब्याट्रीबाट चल्ने...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको चिनियाँ कम्पनी दायुन ईभी नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...