किङलङको नयाँ सोरुम पानीपोखरीमा

काठमाडौं - सीजी मोटर्सले ग्राहकको सहजताको लागि काठमाडौंको पानीपोखरीमा किङलङको नयाँ सोरुम ल्याएको छ। उक्त सोरुमको किङलङका चेयरम्यान ल्यीउ झिजुनले एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरेका हुन्।

किङलङको पानी पोखरीस्थित नयाँ साेरूमबाट किङलङ १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरिएन्टमा उपलब्ध रहेको बताइएको छ। सबै भेरिएन्टहरुमा उत्कृष्ट सीएएटीएल ब्याट्री प्रविधिको प्रयोग भएको र जसले गर्दा एक फूल चार्जमा ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने बताइएको छ। किङलङ इलेक्ट्रिक कमर्सियल भेइकलहरुमा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ।

किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ५०.२३ केडब्लुएचको ब्याट्री पाउन सकिने र यसका साथै उक्त गाडीमा एबिएस, इबिडी, १८० एमएम, ग्राउण्ड क्लियरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसीजस्ता विशेषता पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने कम्पनीको दाबी छ।

किङलङ १६ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ५३.५८ केडब्लुएचकोको ब्याट्री प्रयोग गरिएको र उक्त गाडीमा १५ इन्चको टायर पाउन सकिन्छ भने गाडीमा पनि एबीएस, सेन्ट्रल लकिङ, एसी, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर विथ बजर, एभीएएस. जस्ता विशेषताहरू पाउन सकिने कम्पनीले बताएको छ।

किङलङ १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेगमेन्ट अन्तर्गत पर्ने र यसमा ७७.२८ केडब्लुएचकोको ब्याट्री समावेश गरिएको छ। साथै, गाडीमा २२० एमएमको उत्कृष्ट ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ भने १६ इन्चको टायर, एबीएस, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी, एलईडी, डीआरएल विथ प्रोजेक्टर हेडल्याम्प जस्ता विशेषताहरू पाउन सकिने बताइएको छ।

किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ब्याट्री र मोटरमा २ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलहरुमा ४ लाख किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टी पाउन सकिने कम्पनीले बताएको छ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिने कम्पनीले बताएको छ।

सम्बन्धित समाचारहरू

फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा...

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...