नयाँ ड्यूक ३९० को बिक्री सुरु, पहिलो दिनमै ५० वटा बाइक हस्तान्तरण

काठमाडौं–केटिएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा लन्च भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ ड्यूक ३९० को बिक्री सुरु गरेको हो । बाइकको मूल्य ८ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । जुन पुरानो मोडलभन्दा १ लाख सस्तो हो । बाइक लन्च भएको पहिलो दिनमै ५० जना ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

पावर, स्टाइल र इनोभेशनमा नयाँ बेञ्चमार्क स्थापना गर्दै नयाँ अपग्रेड र उत्कृष्ट फिचर्सहरुको साथ नयाँ ड्यूक ३९० नेपाली बजारमा प्रवेश गरेको कम्पनीले जनएको छ । बाइकमा अपग्रेडेड ३९९ सिसी सिङ्गल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ, जसले ८५०० आरपिएममा उच्चतम ४६ पिएस पावर र ६५०० आरपिएममा उच्चतम ३९ एनएम टर्क जेनेरेट गर्दछ ।

यसमा ६ स्पीड गियर बक्सको साथै स्लिपर क्लच र क्विक सिफ्टर दिइएको छ । जसका कारण सजिलैसँग बिना कठिनाई गियर बदल्न मद्दत मिल्नेछ ।

विगतका मोडलहरुको तुलनामा नयाँ ड्यूक ३९० मा ठूलो फ्युल ट्यांक, स्प्लीट सिट, स्टिल ट्रेलीस फ्रेम, डाइ–काष्ट आल्मुनियम सबफ्रेम, एडजस्टेबल सिट हाइट, तिनवटा राइडिङ्ग मोड (स्ट्रिट, रेन र ट्रयाक), लञ्च कन्ट्रोल, स्मार्टफोन कनेक्सन र टर्न–बाइ–टर्न न्याभीगेशन सहितको ५ इन्चको टिएफटि इन्सट्रुमेन्ट क्लस्टर, ४३ एमएमको अपसाइड–डाउन फर्कस् र अफसेट मोनो–शक, डुअल च्यानल एबिएस., कर्नरिङ एबिएस र सुपर मोटो एबिएस. जस्ता विशेषताहरू समावेश गरिएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका सहायक महाप्रबन्धक बिजय श्रेष्ठका अनुसार नयाँ जेनेरेशनको ड्यूक नेपाली बजारमा सार्वजनिक भएसँगै यसले नेपालका मोटरसाइकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान गर्नेछ । यो नयाँ बाइक प्रि वुक गर्ने ग्राहकले ३१ हजार पर्ने एरोह हेल्मेट निशूल्क पाउने बताइएको छ । बाइकलाई केटिएमको नेपालभर संचालनमा रहेका सोरुमबाट बुकिङ गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

केटिएमलाई उद्धार गर्न बजाज अटोले १ हजार ३६० करोड भारु लगानी थप्ने

केटिएमलाई उद्धार गर्न बजाज अटोले १ हजार ३६० करोड भारु लगानी थप्ने

प्रख्यात टु–ह्विलर निर्माता कम्पनी केटिएममा बजाज अटोले थप लगानी गर्नेे...

अपग्रेड भएर आयो केटीएम २०० ड्युक, मूल्य कति ?

अपग्रेड भएर आयो केटीएम २०० ड्युक, मूल्य कति ?

केटीएमले ले २०० ड्युकको २०२६ संस्करण लन्च गरेको छ । पछिल्लो संस्करणमा धेरै...

ईएफआई सिस्टममा आउने भयो क्रसएक्स २५०आर, मूल्य पहिले भन्दा ७० हजार बढी

ईएफआई सिस्टममा आउने भयो क्रसएक्स २५०आर, मूल्य पहिले भन्दा ७० हजार बढी

काठमाडौं – नेपाली बजारमा ईएफआई प्रविधियुक्त क्रसएक्स २५०आर मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...