नयाँ स्विफ्टको भारतमा डेलिभरी सुरु, कहिले आउँछ नेपाल ?

मारुती सुजुकीले हालै लन्च भएको नयाँ स्विफ्ट ग्राहकलाई दिन थालेको छ । चौथो जेनेरेशन स्विफ्टलाई सुजुकीले ५ भेरिएन्टमा ल्याएको थियो । नयाँ स्विफ्टमा ग्राहकको आकर्षण अत्याधिक रहेको कम्पनीले जनाएको छ ।

सुरुवाती मूल्य ६ लाख ४९ हजार भारु निर्धारण गरिएको उक्त कार पुरानो स्विफ्टभन्दा २५ हजार भारु महंगो भएर आएको हो । टप स्पेक भेरिएन्टको मूल्य भने ९ लाख ५० हजार भारु तोकिएको छ ।

भारतमा डेलिभरी समेत सुरु भइसकेको नयाँ स्विफ्ट अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । संभवत बजेटपछि यो नयाँ कार नेपाल आउने अनुमान गर्न सकिन्छ ।

यस्तो छ नयाँ स्विफ्ट
चौथो पुस्ताको स्विफ्टलाई सुजुकीले २०२३ को जापान मोबिलिटी शोमा विश्वव्यापी रूपमा डेब्यू गरेको थियो । भारत–विशेष कार अलि फरक रहेको छ । यसमा अगाडि र पछाडि फरक फरक बम्पर, ब्ल्याक आउट सी–पिलर, एलईडी हेडलाइट, एलईडी फग ल्याम्प र बुट लिडमा माउन्ट गरिएको रिभर्स क्यामेरा दिइएको छ ।

नयाँ स्विफ्टमा नयाँ जेड सिरिज १।२–लिटर ३–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ८२ एचपी र टर्क ११२ एनएम छ । कारले एक लिटर पेट्रोलको खपतमा २५।७५ किलोमिटर माइलेज दिने दावी छ । नयाँ कार ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी अप्सनमा उपलब्ध हुनेछ ।

पुरानो मोडलको तुलनामा निकै नै प्रिमियम बनेर आएको यसको टप स्पेक भेरिएन्टमा ९ इन्चको फ्लोटिङ टचस्क्रिन, अर्कामिज साउन्ड सिस्टम, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट, एलइडी फग ल्याम्प, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर क्यामेरा र वायरलेस एन्ड्रोइट अटो एण्ड एप्पल कार प्ले लगायत प्रिमियम फिचर राखिएको छ ।

सुरक्षका लागी कारमा ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी र ईएसपी, रियर पार्किङ सेन्सर र हिल स्टार्ट एसिस्ट लगायत फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार, यस्ता छन् अन्य सुविधा

सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार, यस्ता छन् अन्य सुविधा

काठमाडौं– सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

मारुती सुजुकीले आफ्नो सबै कारमा वारेन्टि अवधी बढाएको छ । यसअघि २ वर्ष...

६० लाख युनिट उत्पादन भयो सुजुकीको यो स्कुटर, नेपालमा किन गुमनाम ?

६० लाख युनिट उत्पादन भयो सुजुकीको यो स्कुटर, नेपालमा किन गुमनाम ?

सुजुकी मोटरसाइकल इण्डियाले एक्सेस १२५ स्कुटरको ६० औं लाख युनिटलाई रोलआउट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...