नयाँ स्विफ्टमा यस्ता छन् ५ नयाँ विशेषता

लामो प्रतिक्षापछि भारतीय बजारमा नयाँ पुस्ताको मारुती सुजुकी स्विफ्ट लन्च भएको छ । कम्पनीले यसलाई पूर्ण रूपमा नयाँ अवतार र शैलीमा लन्च गरेको हो । डिजाइनका साथसाथै कम्पनीले नयाँ स्विफ्टमा फिचर पनि अपडेट गरेको छ ।

नयाँ स्विफ्टको प्रारम्भिक मूल्य ६ लाख ५ हजार भारु र यसको टप भेरिएन्टको मूल्य ९ लाख ६५ हजार भारुमा लन्च गरिएको छ । नयाँ स्विफ्ट ५ भेरिएन्टमा र ९ रङमा उपलब्ध हुनेछ ।

कम्पनीले नयाँ पुस्ताको स्विफ्टमा १.२ लिटर जेड सिरिजको माइल्ड हाइब्रिड इन्जिन जडान गरेको छ। सो इन्जिन पहिलेको भन्दा धेरै फ्युल इफिसिएन्ट भएको कम्पनीले दाबी गरेको छ । सो इन्जिनले ८२ एचपी पावर र १०८ एनएमको टर्क जेनेरेट गर्छ। म्यानुअल गियरबक्सको साथसाथै इन्जिनमा सीभीटी ट्रान्समिसन पनि उपलब्ध छ।

कम्पनीले नयाँ पुस्ताको मारुती स्विफ्टले २५.७५ किलोमिटर प्रति लिटर माइलेज दिने दाबी गरेको छ, जुन पुरानो मोडलको तुलनामा १४ प्रतिशत बढी हो ।

नयाँ स्विफ्टको लम्बाइ ३८९६ एमएम, चौडाइ १६९५ एमएम र उचाइ १५०० एमएम छ। यो पुरानो मोडलको तुलनामा १५ एमएम लामो, ३० एमएम उचाइ र ४० एमएम चौडा छ। तर, कम्पनीले यसको ह्वीलबेसमा कुनै परिवर्तन गरेको छैन ।

नयाँ स्विफ्टमा कम्पनीले सेफ्टीमा विशेष ध्यान दिएको छ । यसमा ६ वटा एयरब्याग, सबै सिटमा सिटबेल्ट रिमाइन्डरसहित ३ पोइन्ट सिटबेल्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन र ब्रेक असिस्टका साथै एन्टि-लक ब्रेकिङ सिस्टम जस्ता सेफ्टी फिचर प्रदान गरिएको छ । यी सबै फिचरहरू स्विफ्टको टप मोडलका साथै बेस मोडलमा स्ट्यान्डर्डका रूपमा उपलब्ध छन् ।

नयाँ स्विफ्टमा डिजाइनका साथै एड्भान्स फिचर र टेक्नोलोजीले सुसज्जित गरेको छ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा ९ इन्च स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम समावेश छ। कम्पनीले यसमा ARKAMYS सराउण्ड सेन्स म्युजिक सिस्टम जडान गरेको छ । साथै वायरलेस चार्जर, एड्भान्स भेइकल इन्फर्मेसन र अलर्टको साथमा सुजुकी कनेक्ट फिचर समावेश छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...