फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
तपाईलाई उच्च रक्तचाप अथवा नियमित रुपमा पखाला लाग्ने जस्ता समस्या छन् र रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्नेछ भने स्काइवेल ईभी चढ्नु उपयुक्त हुन्छ ।
स्काइवले ईभी उत्पादन गर्ने स्काइवर्थ अटोका संस्थापक ह्वाङ होङसेङले बेइजिङ अटो शोमा बोल्दै यो दावी गरेका हुन् । उनका अनुसार सो गाडी चढ्ने प्रत्येकको आयु ३० वर्ष बढ्छ र यसको अर्थ उनीहरु एक सय वर्ष बाँच्छन् ।
ह्वाङले आफूले स्काइवर्थका इलेक्ट्रिक कार चढ्न थालेपछि उच्च रक्तचाप, मधुमेह र अन्य समस्या समेत समाधान भएको बताए ।
यद्यपि यो उनको पहिलो अभिव्यक्ति भने होइन । यो भन्दा पहिले सन् २०२३ स्काइवर्थ अटोमोबाइल स्प्रिङ टेक्नोलोजी कन्फ्रेन्समा पनि उनले अहिले उद्यमीहरुको आयु १० वर्ष घटिरहेको र स्काइवर्थ कार प्रयोग गरी ३० वर्ष सम्म बढाउन सकिने बताएका थिए ।

ह्वाङको दावीमा कुनै प्रमाण भने छैन । तर पनि स्काइवर्थले बिक्री गरिरहेको स्काइवेल ईभी६ मोडलमा एक्टिभ स्लिप प्रमोसन टेक्नोलोजी भएको र यसले स्लिप क्वालिटी र हेल्थ इन्डिकेटर सहित डिप स्लिप स्टेटमार्फत स्वास्थ्य राम्रो बनाउन सहयोग गर्ने यसको वेबसाइटमा समेत उल्लेख गरिएको छ ।
ह्वाङ प्रत्येक दिनको मध्यान्हमा आफ्नो कारमा सुत्ने गर्छन् र अफिसमा सुतेर कामको वारेमा ध्यान जने भएकाले गाडीमा सुत्नु राम्रो हुने समेत बताउछन् ।
स्काइवर्थ चीनको न्यु इनर्जी भेइकल उत्पादक कम्पनी हो र यसलाई पहिले स्काइवेल न्यु इनर्जी ग्रुप भनिन्थ्यो । सन् २०१७ मा स्थापना भएको सो कम्पनी होम एप्लायन्स उत्पादन गर्ने कम्पनी स्काइवर्थ र बस कम्पनी नान्जिङ गोल्डन ड्रागनको सहकार्यबाट बनेको थियो । छोटो रुपमा यसलाई स्काइवेल भनिन्छ ।
स्काइवेलले हाल स्काइवेल ईटी५ उत्पादन र बिक्री–वितरण गर्छ । पहिले यसलाई स्काइवर्थ ईभी६ भनिन्थ्यो । यही स्काइवेल ईटी५ नेपाली बजारमा समेत हालै मात्र बिक्रीका लागि उपलब्ध भएको छ ।
नेपाली बजारमा जी मोटर्सले स्काइवेल ईटी५ बिक्री–वितरण गरिरहेको छ । स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ छ ।
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी दायुनका वारेमा केही समय पहिले...
काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एउटा महत्वपूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...