लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले एक्सयूभी ३एक्सओ लन्च गरेपछि एक्सयूभी ४०० ईभीको फेसलिफ्ट संस्करण पनि चाँडै लन्च गर्ने तयारी गर्दैछ । रिपोर्टका अनुसार यसका लागि कम्पनीले होमोलोगेशन दस्ताबेजको जानकारी खुलाएको छ।
रिपोर्टका अनुसार फेसलिफ्ट भेरिएन्टमा हालको भेरिएन्टमा जस्तै एलजीसी सेल ब्याट्री ३४.५ किलोवाट र ३९.४ किलोवाट क्षमताको विकल्प प्रदान गरिनेछ। साथै तेस्रो विकल्पका रूपमा ३९.४ किलोवाट क्षमताको फरासिस सेलको विकल्प पनि उपलब्ध गराइनेछ । यसमा जडान गरिएको मोटरले १५० पीएसको पावर जेनेरेट हुनेछ । यसलाई एक पटक चार्जमा ४५६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ र यसको टप स्पिड १५० किलोमिटर प्रतिघण्टासम्म हुनेछ ।
यसको लम्बाइ ४२०० एमएम, चौडाई १८२१ एमएम र उचाई १६३४ एमएम हुनेछ । यसको ह्विलबेस २६०० एमएमको हुनेछ । कम्पनीले एक्सयूभी ४०० ईभीको फेसलिफ्ट संस्करणमा इसीएल, इसीएल(ओ), इसीएलएल, इसीएलएल (ओ), इएलएलएच, इएलएलएच(ओ), इएल पीएच र इएल पीएच(ओ) गरी ८ भेरिएन्ट प्रस्तुत गर्नेछ ।
कम्पनीले एक्सयूभी ४०० ईभी फेसलिफ्टमा धेरै फिचर थप्नेछ। यसमा नयाँ हेडलाइट, एलईडी डीआरएल, १७ इन्च अलोय ह्विल, रियर कनेक्टेड टेल लाइट, लेभल-२ एडीएएस, प्यानोरामिक सनरुफ, इन्फोटेनमेन्ट सिस्टम, ६ एयर ब्याग, कनेक्टेड फिचर जडान गर्नेछ । साथै, सफ्ट टच फिचर पनि केही भेरिएन्टमा प्रदान गर्न सकिनेछ ।
भारतमा गत वर्ष देखि नै उपलब्ध भए पनि नेपाली बजारमा भने महिन्द्रा एक्सयूूभी ४०० ईभी हालै मात्र परीक्षण भइरहेको छ । कम्पनीले यसको वारेमा आधिकारिक जानकारी भने अझै सार्वजनिक गरेको छैन । आगामी बजेट सार्वजनिक भए पश्चात मात्र यो गाडी बिक्रीका लागि नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...