कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा
कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा...
दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३ विश्वव्यापी रूपमा सार्वजनिक गर्ने भएको छ। हालै कम्पनीले नयाँ ईभी३ को टिजर सार्वजनिक गरेको छ। कम्पनीले उक्त टिजरमा नयाँ इलेक्ट्रिक कारको डिजाइन र फिचरको बारेमा जानकारी दिएको छ ।
हालसम्म कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३को बारेमा अधिक जानकारी दिएको छैन। तर रिपार्टका अनुसार आगामी इलेक्ट्रिक कार किया सोनेट भन्दा अलि ठुलो र सेल्टोस भन्दा अलि सानो हुने अनुमान गरिएको छ । कम्पनीले किया ईभी३ लाई बक्सी डिजाइन दिएको छ ।
कियाको आफ्नो आगामी इलेक्ट्रिक कार कम्पनीको ईभी९ प्लेटफर्ममा विकसित गरिएको छ। सो इलेक्ट्रिक कारमा स्टाइलिस सिग्नेचर एलईडी लाइटिङ र कालो क्ल्याडिङ जस्ता फिचर दिइएको छ, जसले यसलाई स्पोर्टी लुक दिइएको छ।
नयाँ किया ईभी३ को इन्टेरियर एड्भान्स फिचर र आधुनिक टेक्नोलोजीले सुसज्जित गरिएको छ । कम्पनीले यस इलेक्ट्रिक कारको कन्सेप्ट मोडेलमा एक स्टाइलिश स्टेयरिङ ह्विल र प्रिमियम अपहोल्स्ट्री देखिएको थियो । रिपोर्टका अनुसार आगामी किया ईभी३ को मूल्य ३५ हजार डलर हुन सक्ने दाबी गरिरहेको छ । हालसम्म सो कार भारतीय बजारमा लन्चको बारेमा कुनै जानकारी दिइएको छैन ।
कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा...
कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ ले ग्राहकहरुको तर्फबाट राम्रो...
कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई भारतीय बजारमा औपचारीक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...