मारुती सुजुकीले ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन मोडल लन्च गर्दै

मारुती सुजुकीले आफ्नो ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन मोडल लन्च गर्ने भएको छ । लन्च हुनु अघि २०२४ मोडेल स्विफ्टको बारेमा जानकारी खुलासा गरिएको छ । नयाँ स्विफ्टको इन्जिन पावर र माइलेज पुरानो मोडलभन्दा निकै फरक हुनेछ ।

मारुती सुजुकी स्विफ्ट एलएक्सआई, भीएक्सआई, भीएक्सआई (ओ), जेडएक्सआ र जेडएक्सआई प्लस जस्ता ५ ट्रिम लेभलमा १० भन्दा बढी भेरिएन्टमा लन्च गर्नेछ, जसमा सीएनजी भेरिएन्ट पनि हुनेछ । नयाँ स्विफ्ट २ नयाँ रङमा उपलब्ध हुनेछ ।

नयाँ मारुती सुजुकी स्विफ्टमा अल न्यु १.० लिटर ३ सिलिन्डर जी-सिरिजको पेट्रोल इन्जिन हुनेछ, जुन माइल्ड हाइब्रिड प्रविधिले सुसज्जित हुनेछ । रिपोर्टका अनुसार नयाँ स्विफ्टको नयाँ इन्जिनले ८१.६ पीएस पावर र ११२ एनएमको टर्क जेनेरेट गर्न सक्नेछ । नयाँ स्विफ्टको माइलेज २५.७२ किलोमिटर प्रतिलिटरसम्म हुन सक्छ। यसमा ५ स्पिड म्यानुअल र अटोमेटेड म्यानुअल ट्रान्समिसनको विकल्प उपलब्ध हुनेछ ।

सो एसयूभीमा ९ इन्चको स्मार्ट प्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, वायरलेस चार्जर, एसी भेन्ट रियर, सुजुकीको कनेक्टेड कार टेक्नोलोजी, मल्टिपल यूएसबी चार्जिङ पोर्ट, अर्कामिस साउन्ड सिस्टम र ६ वटा एयरब्याग फिचर हुनेछ ।

नयाँ मारुती सुजुकी स्विफ्टको लुक र डिजाइन निकै उत्कृष्ट हुनेछ । सो ह्याचब्याकको नयाँ पुस्ताको मोडलमा नयाँ फ्रन्ट हेडलाइट, नयाँ डीआरएल र फगल्याम्प, पुनः डिजाइन गरिएको बम्पर, नयाँ डिजाइनको अलोय ह्विल र रियरमा नयाँ टेल हुनेछ । नयाँ स्विफ्ट भारतीय बजारमा ६ लाख ५० हजार भारु मूल्यमा लन्च गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...

नयाँ स्विफ्टलाई जापान एनक्यापमा ४ स्टार सेफ्टि रेटिङ

नयाँ स्विफ्टलाई जापान एनक्यापमा ४ स्टार सेफ्टि रेटिङ

काठमाडौं– चौथो पुस्ताको सुजुकी स्विफ्टलाई जापान एनक्यापले ४–स्टार...

दशैको उत्सव मनाउन सुजुकीले ल्यायो मोटरसाइकल र स्कुटर किन्दा आकर्षक अफर

दशैको उत्सव मनाउन सुजुकीले ल्यायो मोटरसाइकल र स्कुटर किन्दा आकर्षक अफर

काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...