टेस्लाको पहिलो रोबाेट्याक्सी साइबरक्याव सार्वजनिक, कारमा छैन स्टेयरिङ ह्विल र पेडल
इलेक्ट्रिक भेइकल निर्माता कम्पनी टेस्लाले आफ्नो पहिलो रोबोट्याक्सी...
थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी विक्री हुने इलेक्ट्रिक भेइकल बनेको छ । गत अप्रिल महिनामा सात सय ५४ युनिट विक्री गरेर दिपल ए०७ थाइल्यान्डको नम्बर १ ईभी बन्न सकेको हो । दिपल चिनियाँ अटोमेकर चांगानको प्रिमियम इभी सबब्रान्ड हो, जुन भर्खरै नेपालमा समेत सार्वजनिक भएको छ ।
दिपललाई पछ्याउँदै बीवाईडी डक्लिफ दोस्रो नम्बरमा रहन सकेको छ । अप्रिलमा थाइल्यान्डमा पाँच सय डल्फिन विक्री भएको थियो । तेस्रो स्थानमा चार सय ७८ कार विक्री भएको एमजी४ तेस्रो स्थानमा रहेको छ । अप्रिलमै सार्वजनिक भएको होन्डा ईए न१ ६३ युनिट विक्री भएको छ ।
थाइल्यान्डमा गत महिना कुल चार हजार ८८ वटा गाडी रजिस्टर भएको थियो जुन कुल रजिस्टे«सनको १०.७५ प्रतिशत हो । अप्रिल महिनामा थाइल्यान्डमा ३८२ वटा नेटा भी, ३०१ युनिट एयोन वाई प्लस, २१७ युनिट बीवाईडी एट्टो ३, १८० युनिट बीवाईडी सिल, १६९ युनिट ओरा गुडक्याट र १५९ युनिट टेस्ला मोडल ३ विक्री भएको थियो ।
दिपलले सन् २०२४ मा युरोपेली र एसिया प्यासिफिक बजारमा प्रवेश गरेर चार लाख ५० हजार युनिट ईभी बेच्ने लक्ष्य लिएको छ । गत वर्ष थाइल्यान्डमा आएको दिपलले सन् २०२५ को सुरुमै यहाँकै प्लान्टबाट गाडी उत्पादन थाल्ने घोषणा गरिसकेको छ । हाल थाइल्यान्डमा दिपलले एस०७ र एल०७ गरी दुई वटा मोडेल विक्री गरिरहेको छ ।
नेपाली बजारमा समेत दिपल एस०७ उपलब्ध भइसकेको छ र राम्रो बजार लिइरहेको छ । दिपल एल०७ पनि परीक्षण भइरहेको छ र नेपाली बजारमा केही समयमै सार्वजनिक गरिने कम्पनी स्रोतको भनाइ छ ।
इलेक्ट्रिक भेइकल निर्माता कम्पनी टेस्लाले आफ्नो पहिलो रोबोट्याक्सी...
चाइनिज कार निर्माता कम्पनी सेरेसले नोभेम्बर महिनाको सेल्स रिपोर्ट...
लकडाउन छ । घरमा औषधि चाहिएको छ । यो समयमा सबैको सहयोगी बनेको छ । अनलाइन औषधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...