ओमोडाको आयातकर्ता एसपीजीले प्राप्त ग-यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

काठमाडौँ – नेपालमा ओमोडा र जेइको अटोमोबाइल्सको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ ।

कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘ईभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडी अर्थात ईभी बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको बताएको छ ।

एसपीजी अटोमोबाइल्स शारडा ग्रुप अन्तर्गत पर्छ । शारडा ग्रुपका निर्देशक गौरव शारडाले सो उपलब्धि नेपाली ग्राहकहरूको असिम साथ सहयोगद्वारा सम्भव भएको बताए । उनले भने, ‘हामीले ल्याउने अत्याधुनिक ईभीमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ । हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ ।’

नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा ई५ गत फेब्रुअरीमा लन्च गरिएको थियो । कम्पनीले डेलिभरी सुरु भएदेखि छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्युचरिस्टिक ओमोडा ई५ को को १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको बताएको छ ।

त्यसै अवसरमा गत अप्रिलमा ओमोडा ई५ का नयाँ ग्राहकहरू तथा अटोमोबाइल्स, प्रविधि र ईभी क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थितिमा 151 +OMODA on the Streets समारोह पनि आयोजना गरेको थियो । ओमोडा ई५ गाडीले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाहरूका साथ नेपाली उपभोक्ताहरूको ध्यानाकर्षण र समर्थन प्राप्त गरेको छ र ईभी साधनका लागि प्रमुख रोजाइको रूपमा बस्न सफल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

लिपमोटरको नयाँ एसयूभी ए१० ले अहिले चर्चा पाइरहेको छ । इन्ट्री लेभल ईभी...

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यको अन्तरिक्ष अभियानका लागि नयाँ...

शून्यभन्दा तल तापक्रममा पनि इलेक्ट्रिक ट्रक ३० मिनेटमै चार्ज हुने प्रविधि सार्वजनिक

शून्यभन्दा तल तापक्रममा पनि इलेक्ट्रिक ट्रक ३० मिनेटमै चार्ज हुने प्रविधि सार्वजनिक

फिनल्याण्डको कम्पनी केम्पावरले अत्यधिक चिसो मौसममा पनि इलेक्ट्रिक सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...