के हो सीभीटी ट्रान्समिसन यसका फाइदा र बेफाइदाहरू जान्नुहोस्

कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन कम्पनीहरुले आफ्ना कार सीभीटी गियरबक्ससहित ल्याइरहेका छन्। सीभीटी ट्रान्समिसन पहिलो पटक सन् १९८९ मा प्रस्तुत गरिएको थियो। सीभीटी ट्रान्समिसन अर्थात् लगातार परिवर्तनशील ट्रान्समिसन भनेको के हो र यसको फाइदा र बेफाइदाहरु के के छन्, जान्नुहोस्। 

सीभीटी ट्रान्समिसन एक प्रकारको अटोमेटिक ट्रान्समिसन हो। यसले लगभग अटोमेटिक ट्रान्समिसन जस्तै काम गर्छ, तर सीभीटीमा अटो ट्रान्समिसन जस्तो गियर हुँदैन । यद्यपि, सीभीटी ट्रान्समिसन असीमित संख्यामा गियर अनुपात हुन्छ । यसले बिना कुनै चिन्ता सवारी साधनको गति निरन्तर अनुपात बढाइरहन्छ । साथै यसले नियमित अटोमेटिक ट्रान्समिसन भन्दा राम्रो काम गर्छ ।

सीभीटी ट्रान्समिसनको फाइदा

  • सीभीटी ट्रान्समिसनले कारलाई सधैं सही गियरमा राख्छ। म्यानुअल र अटोमेटिक कारको तुलनामा सीभीटी ट्रान्समिसनका साथ आउने इन्जिनको स्पिडलाई टपमा राख्न डिजाइन गरिएको हुन्छ, जसका कारण गाडीको क्षमता बढ्छ । 
  • सीभीटी ट्रान्समिसनमा मेकानिकल भागको संख्या कम हुन्छ। सीभीटी ट्रान्समिसन एक पुलीसँग आउँछ, जुन बेल्ट मार्फत कनेक्ट गरिएको हुन्छ । सो ट्रान्समिसनमा समस्या न्यून मात्र हुन्छ ।
  • सीभीटी ट्रान्समिसन अटोमेटिक ट्रान्समिसन भन्दा हल्का हुन्छ । कम तौलको कारण इन्जिनको क्षमता निकै बढी हुन्छ र साइज पनि कम्प्याक्ट हुन्छ ।

सीभीटी ट्रान्समिसनको बेफाइदा

  • सवारीसाधन सिफ्ट प्वाइन्टबाट जाँदा क्लच चिप्लिएको अनुभूति हुन्छ । यसको थ्रोटल इनपुट प्रक्रिया एकदम ढिलो हुन्छ। 
  • ड्राइभिङको समयमा सीभीटी ट्रान्समिसन इन्जिन तीव्र गतिमा घुम्ने गुनासो पनि आएका छन्। यस्तो समयमा कहिलेकाहीँ ट्रान्समिसनबाट ठूलो आवाज आएको हुन्छ । यसले सवारी चलाउँदा अतिरिक्त आवाजले चालकलाई विचलित पार्न सक्छ।
  • सीभीटी ट्रान्समिसन सहज ड्राइभिङको लागि अनुकूल हुन सक्छ। यसमा अपसिफ्टिङ र डाउनसिफ्टिङका ​​कारण ड्राइभिङको आकर्षण कम हुन्छ। 

सम्बन्धित समाचारहरू

हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र...

सवारी साधनको इन्जिन ओभरहिटिङ : यस्तो छ ५ कारण र रोकथामका उपाय

सवारी साधनको इन्जिन ओभरहिटिङ : यस्तो छ ५ कारण र रोकथामका उपाय

इन्जिन ओभरहिटिङ एक सामान्य समस्या हो जसले सवारी साधनलाई असर गर्छ, र यदि...

अचानक कारमा ब्रेक फेल भयो ? यसरी रोकौ कार

अचानक कारमा ब्रेक फेल भयो ? यसरी रोकौ कार

कार चलाउदै गर्दा कहिलेकाहिं अचानक ब्रेक फेल हुन सक्छ । कहिलेकाहिं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...