नाडा अटो शोमा जिली ईएक्स५ १८७ युनिट बुकिङ, डेलिभरी प्रारम्भ
काठमाडौं–नाडा अटो शो २०२५ मा जिली ईएक्स५ ले उल्लेखनीय बुकिङ हाँसिल गरेको छ...
काठमाडौं – नेपाली बजारमा बिक्री प्रारम्भ भएको छोटो समयमै सेरेस ईभी ‘टक अफ द टाउन’ बनेको छ । नेपालका लागि सेरेसको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले गत भाद्र महिनामा सम्पन्न नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरेको इलेक्ट्रिक कार सेरेसका ३०० भन्दा बढी युनिट नेपाली सडकमा गुडिरहेको बताएको छ । त्यसैगरी इलेक्ट्रिक कार किन्न चाहने कार पारखीहरुको लागि सो कार मुख्य छनोट समेत बनेको कम्पनीको भनाइ छ ।
बलियो तरिकाले निर्माण गरिएको गुणस्तरीयता, एसयूभी लुक, प्रभावकारी रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण सेरेस ३ ले प्रशंसा पाएको कम्पनीले बताएको छ । नेपाली बजारमा लन्चिङ पश्चात दिगो र रोमान्चक ड्राइभिङ अप्सन उपलब्ध गराएर सेरेस ३ ले नेपाली ग्राहकको अपेक्षा भन्दा राम्रो सवारी उपलब्ध गराएको अनुभव गरिएको छ ।
ग्राहकलाई डेलिभरी गरिए पश्चात यो गाडीको माग अझै बढेको बताइएको छ । एसयूभी चाहने नेपाली ग्राहकको प्राथमिकतालाई समेत यसले प्रमाणित गरेको छ । अग्रगामी सोच राख्ने उपभोक्ताहरुको रोजाइको सवारी साधन बन्नमा सेरेस ३ को आकर्षक ग्राउन्ड क्लियरेन्स, उचित एसयूभी लुक र रोड प्रेजेन्सले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ ।

सेरेस ३ ले यस प्रकार नेपाली सडकमा लगातार रुपमा बर्चस्व कायम राख्दै गएको छ र यसले स्टाइल, पर्फमेन्स र लुक सहितको इलेक्ट्रिक सवारी साधनप्रतिको महत्वपूर्ण कदमको संकेत समेत गरेको छ ।
सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्छ । ९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
हेर्दा साधारण भए पनि सेरेस ३ मा विभिन्न आकर्षक फिचर उपलब्ध छन् । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ । हिटेड सिट, पावर विन्डोज, एडास प्रविधि जस्ता फिचर पनि यो गाडीमा उपलब्ध छन् ।
सेरेस ३ मा सेगमेन्टकै ठूलो अर्थात ५२५ लिटरको बुट स्पेस छ । कहिलेकाहिं सामान बोकेर कतै जानुपर्ने अवस्थामा ठूलो बुट स्पेस निकै नै उपयोगी हुन्छ । त्यसैगरी यसमा स्पेयर टायर समेत उपलब्ध हुन्छ ।
काठमाडौं–नाडा अटो शो २०२५ मा जिली ईएक्स५ ले उल्लेखनीय बुकिङ हाँसिल गरेको छ...
बजारमा पेट्रोल, डिजेल, सीएनजी प्रविधिका सवारी साधनका साथै विद्युतीय कार...
काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...