आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

बाइक राइडर र ट्राफिकमा घण्टौं घाममा उभिनेहरूका लागि हैदरावादको जर्स सेफ्टी नामक कम्पनीले एसी जडित हेलमेट लन्च गरेको छ । यतिखेर सो एसी हेल्मेटको निकै चर्चा चलिरहेको छ ।

सो एसी हेलमेटमा १० घण्टासम्म चल्ने सक्ने ब्याट्री जडान गरिएको छ । साथै हेलमेटको सेफ्टीमा पनि विशेष ध्यान दिइएको छ । एसी हेल्मेटको मूल्य १३ हजारदेखि १७ हजार भारु बिच तोकिएको छ । साे हेलमेटकाे ताैल ६५० ग्राम छ ।

सो एसी हेल्मेटमा २०० ग्रामको एयर कन्डिसनर जडान गरिएको छ, जसले १० देखि १५ डिग्रीसम्म तापक्रम घटाउन सक्ने दाबी गरिएको छ । गर्मीमा बाइक ड्राइभ गर्दा वा अन्य कुनै काम गर्दा सो एसी हेलमेटले टाउकोलाई चिसो राख्न मदत गर्ने दाबी गरिएको छ ।

कम्पनीले सो हेलमेटमा सानो फ्यान र कुलिङ सिस्टम जडान गरेको छ । हेलमेटमा रहेको ब्याट्रीले फ्यानलाई शक्ति दिन्छ । केही मोडेलमा चिसो हावाको लागि जेल प्याक वा इभेपोरेटिभ कुलिङ सिस्टम पनि प्रयोग गरिएको हुन्छ ।

एसी हेल्मेट चार्ज गर्न पनि आवश्यक छ । भारत वा अन्य देशमा उपलब्ध हेलमेटका केही मोडेलमा सौर्य प्यानल जडान गरिएको हुन्छ । हेलमेटमा रहेको एयर भेन्टले चिसो हावा भित्र ल्याउँछ र तातो हावा बाहिर निकाल्छ ।

सम्बन्धित समाचारहरू

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

काठमाडौं – एक्साइड ब्याट्रीको रोड–असिस्ट्यान्स सेवा ‘एक्साइड...

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...