बंगलादेश निर्यात हुन थाल्यो यति ब्रान्डको नेपाली हेल्मेट

काठमाडौं रुपन्देहीको देवदहस्थित मयुर स्टिल इन्डस्ट्रिजले उत्पादन गरेको यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात हुन थालेको छ ।

मयुर स्टिल इन्डस्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैवका अनुसार केही महिना देखि मासिक रुपमा एक कन्टेनर हेल्मेट बंगलादेश निर्यात भइरहेको छ । यद्यपि हाल यो परीक्षणको रुपमा मात्र उपलब्ध भइरहेको र माग अनुसार भविष्यमा अझै धेरै हेल्मेट पठाउन सकिने उनको विश्वास छ ।

हालै मात्र मयुर स्टिल इन्डस्ट्रिजले नेपाली बजारमै पहिलो पटक हाफ फेसमा डबल भाइजर हेल्मेट समेत उपलब्ध गराएको छ ।

यति ब्रान्ड अन्तर्गत हाफ फेसमा सिटी र इगल मोडल उपलब्ध भएका छन् । ती मध्ये इगल मोडलमा नेपालमै पहिलो पटक डबल भाइजरको हेल्मेट उपलब्ध भएको हो ।

त्यसैगरी फुल फेस अन्तर्गत राइडर मोडलमा नयाँ हेल्मेट उपलब्ध भएको छ ।

पहिले देखि नै नेपाली हेल्मेट बजारमा उपलब्ध भइरहेको यति ब्रान्डका हेल्मेट लोकप्रिय बन्दै गएका छन् । यी हेल्मेटमा प्रयोग गरिएका सामग्री अनब्रेकेबल रहेका छन् वासेबल स्पन्ज र स्क्र्याच प्रुफ पोलिकार्बोनेट प्रयोग गरिएको छ ।

सीई, आईएसओ र आईएसआई सर्टिफाइड हेल्मेट गुणस्तरीय भएको मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैब दावी गर्छन् । आफ्नै उत्पादन हाई डेन्सिटी थर्मोकोलको प्रयोग हुने यति हेल्मेट गुणस्तरीय भएकैले नेपाली बजारमा उच्च माग छ । तर माग अनुसार उत्पादन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बाइकमा डिजेल इन्जिन किन प्रयोग गरिँदैन ? यस्तो छ कारण

बाइकमा डिजेल इन्जिन किन प्रयोग गरिँदैन ? यस्तो छ कारण

डिजेल इन्जिनले कम कार्बन उत्सर्जन र उच्च टर्क जेनेरेट गर्छ । तर पनि बाइकमा...

शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

चिसो मौसममा विहान बाइक स्टार्ट गर्न समस्या हुन्छ । रातको चिसो मौसममा...

बैशाख यता मात्र ३ एसेम्बल उद्योग दर्ता : नेपालमै सवारी उत्पादनमा जोड

बैशाख यता मात्र ३ एसेम्बल उद्योग दर्ता : नेपालमै सवारी उत्पादनमा जोड

काठमाडौं – सरकारले विदेशबाट गाडी आयातमा प्रतिबन्ध लगाइरहेको अवस्थामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...