टेस्लाको फुल सेल्फ ड्राइभिङ सफ्टवेयर चीनमा लन्च हुने, चिनियाँ कम्पनी बाइडुसँग सम्झौता

टेस्लाले ४ वर्षअघि आफ्नो अटोपाइलट सफ्टवेयरको सबैभन्दा अटोनोमस भर्सन एफएसडी लन्च गरेको थियो । अब टेस्लाको फुल सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयर चीनमा पनि चाँडै लन्च हुने भएको छ ।

रिपोर्टका अनुसार मस्कले आफ्नो चीन भ्रमणका क्रममा टेस्लाको ड्राइभर असिस्टेन्स सिस्टमलाई विश्वको सबैभन्दा ठूलो अटो बजारमा पेश गर्ने अनुमति पाएका छन् । टेस्लाले म्यापिङ र नेभिगेसन कार्यका लागि चिनियाँ प्रविधि कम्पनी बाइडु इंकसँग सम्झौता गरेको छ ।

रिपोर्टका अनुसार टेस्ला र बाइडु दुबै कम्पनीले चाँडै नै चीनमा ईभीको एफएसडी सर्भिसेजको लागि म्यापिङ र नेभिगेसन कार्यमा सँगै काम गर्न थाल्नेछन् । यस साझेदारीले टेस्लालाई बाइडु लेन लेवल नेभिगेसन र म्यापिङ सर्भिसेज प्रयोग गरेर चीनमा आफ्नो सेल्फ ड्राइभिङ सेवा सुरु गर्न मद्दत गर्नेछ ।

बाइडुले टेस्लालाई आफ्नो लेन लेवल नेभिगेसन सिस्टम आपूर्ति गर्नेछ । चीनमा टेस्लाले सार्वजनिक सडकमा ड्राइभिङ गर्नु अघि इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको लागि म्यापिङ योग्यता प्राप्त गर्नु पर्नेछ । साथै विदेशी कम्पनीले आवश्यक लाइसेन्स दिने स्थानीय फर्मसँग पनि सहकार्य गर्नु पर्नेछ ।

टेस्लाले २०२० मा बाइडुसँग साझेदारी गरेको थियो । अब दुवै कम्पनीले यो सम्झौतासँगै आफ्नो साझेदारीलाई थप मजबुत बनाउन थालेका छन् । यद्यपि यस सम्झौताको बारेमा टेस्ला र बाइडु दुबै कम्पनीबाट अहिलेसम्म कुनै औपचारिक जानकारी भने आएको छैन ।

सम्बन्धित समाचारहरू

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय इभी कोनाको नयाँ जेनेरशेन सार्वजनिक गरेको...

भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले भारतमा...

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...