चांगानको विरासत : यस्ता छन् अटो ट्रेन्डलाई आकार दिने चांगानका आइकनिक मोडल

१६२ वर्ष लामो विरासत भएको चांगान अटोमोबाइल चीनको सबैभन्दा पुरानो र प्रगतिशील अटो निर्माताका रुपमा चिनिन्छ । चांगानको यो विरासत उसको मुख्य ब्रान्डमा मात्र स्थापित भएको होइन बरु उसका गतिशील सब ब्रान्डहरुको पनि योगदान रहेको छ जसले विश्व अटोमोटिभ ट्रेन्डमा अतुलनीय योगदान दिँदै आएको छ ।

अटोमोटिभ उत्पादनमा क्रान्ति ल्याउने चांगानको यात्रा सन् १९५९ मा सुरु भएको थियो । त्यसयता उसले २.४ करोडभन्दा बढी गाडीको उत्पादन गरिसकेको छ जुन यसको आकार र प्रभावको प्रमाण हो । आविष्कारमा चांगानको सोच ओशन, काइसिन र चाना जस्ता उसको सब ब्रान्डको उपलब्धिले अगाडि बढाएको छ ।

ओशन एक्स७ ओशन सब ब्रान्डको फ्ल्यागसिप मोडल हो जुन लक्जरी र टेक्नोलोजीको उत्तम सम्मिश्रण हो । सार्वजनिक भएपछि ओशन एक्स७ लाई उसको डिजाइन र कटिङ एज फिचरका कारण बजारले सहज रुपमा स्वीकारेको थियो जसका कारण उत्पादनको पहिलो वर्ष नै २० हजार युनिट बिक्री भएको थियो । यसले ड्राइभर असिस्टेन्स सिस्टम र हाइब्रिड प्रिमियम पावरट्रेन जस्ता प्रिमियम फिचर भएका हाई इन्ड गाडी बनाउन पनि चांगान क्षमतावान् छ भन्ने देखाउँछ ।

कमर्सियल भेइकलतिर पनि काइसिनको हन्टर पिकअपले राम्रो सफलता हात पारेको छ । चर्चित इटालियन डिजाइन हाउस पिनइनफारिनासँग साझेदारीमा बनाएको हन्टरले युटिलिटी भेइकलबाट गरिने अपेक्षालाई पुनः परिभाषित गरेको थियो । यसको रोबस्ट पर्फमेन्स र एस्थेटिक डिजाइनका कारण यो मोडल सफल भएको हो । यसले चीनको बजारमा मात्र राम्रो प्रदर्शन गरेको छैन अन्तर्राष्ट्रिय बजारमा पनि दमदार प्रस्तुति दिएर कमर्सियल सेग्मेन्टमा चांगानको उपस्थिति बलियो बनाएको थियो ।

कम्प्याक्ट अर्बान मोबिलिटीका लागि चाना सब ब्रान्डले चाना स्टार सिरिज जस्ता कार उपलब्ध गराएको छ जुन सहरी ड्राइभिङका लागि बनाइएको हो र युवा पुस्तामाझ चर्चित छ । स्टार सिरिजले उपयोगितालाई चांगानले कसरी आधुनिक सहरी सुन्दरतासँग जोड्न सक्छ भन्ने देखाएको छ । यो कार पनि सहरी क्षेत्रमा एकदम चर्चित मोडल हो ।

चांगानको सीएस सिरिज, इडो र एल्स्भिन जस्ता लेगेसी मोडलले आफ्नो सेग्मेन्टमा मापदण्ड कायम गरेका छन् । विशेषगरी सीएस सिरिजले ठूलो सफलता हात पारेको छ । सीएस३५ त विश्वभर १५ लाख युनिट बिक्री भएको थियो खासगरी यसको वहन क्षमता र विश्वसनियताका कारण । त्यसैगरी, इडो र एल्स्भिनले पनि मास मार्केटमा नविनतम प्रविधि अँगालेको थियो । इडोमा नयाँ हाइब्रिड प्रविधि र एल्स्भिनको स्मार्ट फिचरले वातावरणप्रति सचेत र कारमा डिजिटलाइजेसन चाहनेका लागि नयाँ मापदण्ड स्थापित गरेका थिए ।

चांगान र उसको सब ब्रान्ड निरन्तर फैलिरहेको अवस्थामा ती सबैले भावी अटोमोटिभ उद्योग, ड्राइभिङ एड्भान्समेन्ट तथा सुरक्षित र स्मार्ट प्रविधिको आधार निर्माण गरिरहेका छन् । चांगानले शोध तथा विकासमा गर्दै आएको वार्षिक एक अर्ब डलरभन्दा बढी लगानीले विगतका मोडलहरुमा उसको आविष्कार विरासतलाई कायम मात्र गरेको छैन अझ विस्तार गरिरहेको छ भन्ने देखाउँछ ।
लक्जरियस एसयुभी र रोबस्ट कमर्सियल भेइकलदेखि कम्प्याक्ट अर्बान भेइकलसम्मको चांगानको लाइनअपले अटोमोटिभ क्षेत्रमा उसको विलक्षणता र नेतृत्वलाई प्रस्तुत गर्छ । चांगान र उसका सब ब्रान्डका सबै मोडलले चांगानको विरासत र विश्वसनियतालाई विस्तार गर्दै आएको छ ।

नेपाली बजारमा समेत चांगानको दमदार उपस्थिति रहेको छ । नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले पछिल्लो समयमा चांगान दिपल एस०७ भित्र्याएको छ र यसले निकै नै चर्चा बटुलिरहेको छ ।

सम्बन्धित समाचारहरू

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा...

यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने...

दिपल एस०७ अब प्रि–बजेट मूल्य ७१.९९ लाख वा ६.९९ प्रतिशत ब्याजदरमा

दिपल एस०७ अब प्रि–बजेट मूल्य ७१.९९ लाख वा ६.९९ प्रतिशत ब्याजदरमा

काठमाडौं – नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...