दमदार फिचरसहित महिन्द्राले लन्च ग-यो एक्सयूभी ३एक्सओ, नेक्सन र भेन्युसँग हुनेछ प्रतिस्पर्धा

महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो एसयूभीमा पूर्ण रूपमा नयाँ इन्टेरियर सिस्टम दिइएको छ ।

कम्पनीले सो कारमा एक्सयूभी३०० को डिजाइन भन्दा फरक डिजाइन गरेको छ । यसमा एलईडी डेटाइम रनिङ लाइटद्वारा रेखांकित गरिएको एलईडी प्रोजेक्टर हेडलाइट्स समावेश गरिएको छ तथा सी आकारको टेल लाइट्स दिइएको छ ।

गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसको छेउमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । यसको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पु¥याइएको छ ।

कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध गराएको छ, जसलाई एड्रेनोक्सबाट एक्सेस गर्न सकिन्छ । सेफ्टीको लागि गाडीमा ईएसपी, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स र एडास जस्ता फिचर समावेश गरिएको छ ।

नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिनले सुसज्जित गरिएको छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ । साथै दोस्रो इन्जिनको विकल्पको रुपमा डी१५ भीजीटी जडान गरिएको छ, जसले ११७ पीएस पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ ।

ट्रान्समिसनका लागि कारमा ६ स्पिड एलसीन अटोमेटिक र ६ स्पिड अटोसिफ्ट प्लस विकल्पको रुपमा प्रदान गरिएको छ । सो कार १.५ लिटर टर्बो डिजेल विकल्पमा पनि उपलब्ध छ ।

भारतमा यसको मूल्य ७ लाख ४९ हजार भारुबाट शुरु हुन्छ । भविष्यमा नेपालमा समेत यो कार उपलब्ध हुने अनुमान गर्न सकिन्छ । आगामी दिनमा यसको प्रतिस्पर्धा टाटा नेक्सन र हुन्डाई भेन्यु जस्ता कारसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्रा एण्ड महिन्द्राले थार रक्स भारतीय बजारमा लन्च गरेको छ । यो...

पोखरामा महिन्द्राको सर्भिस र स्पेयर पार्टस सहितको नयाँ आउटलेट सञ्चालनमा

पोखरामा महिन्द्राको सर्भिस र स्पेयर पार्टस सहितको नयाँ आउटलेट सञ्चालनमा

पोखरामा महिन्द्रा गाडीको सर्भिस र स्पेयर पार्ट्स सहितको नयाँ आउटलेट पोखरा...

बोलेरो गाडी एकाएक जमिनमा भासिएर बेपत्ता ….

बोलेरो गाडी एकाएक जमिनमा भासिएर बेपत्ता ….

काठमाडौं – हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी बेपत्ता भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...