आज लन्च हुँदै प्यानोरामिक सनरुफसहित महिन्द्राको ३एक्सओ

महिन्द्रा एण्ड महिन्द्राले भारतमा सब–४ मिटर एसयूभी सेगमेन्टमा एसयूभी ३एक्सओ लन्च गर्दैछ । लन्च पछि यो कार प्यानोरामिक सनरुफ भएको भारतको पहिलो सब–कम्प्याक्ट एसयूभी हुनेछ । यसले २०.१ किलोमिटर प्रति लिटरको माइलेज दिइनेछ ।

यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ७ स्पिकर हरमन कार्डन साउन्ड सिस्टम, कनेक्टेड कार टेक्नोलोजी र क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध छ । यसमा कनेक्टेड कार टेक्नोलोजी स्मार्टफोनबाट एसी नियन्त्रण गर्न सक्नेछ ।

सो कार महिन्द्रा एक्सयूभी३०० को फेसलिफ्ट भर्सन हो जसलाई एक्सयूभी३एक्सओ नाममा पेश गरिएको छ । यसको मूल्य ९ लाख भारुबाट सुरु हुनेछ । सो कारले यो सेगमेन्टमा मारुती ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, टाटा नेक्सन, रेनो काइगर, निसान म्याग्नाइट, मारुती सुजुकी स्विफ्ट र टोयोटा अर्बन क्रुजर ट्यागरसँग प्रतिस्पर्धा गर्नेछ ।

सो कारमा हालको संस्करणको तुलनामा धेरै कस्मेटिक र फिचर अपडेट गरिएको छ । कारको फ्रन्ट लुक एकदमै नयाँ रहेको छ । यसको फ्रन्ट ग्रिलमा क्रोम–फिनिस्ड त्रिकोणीय एलिमेन्ट दिइएको छ । साथै फ्याग आकारको एलईडी डीआरएल, प्रोजेक्टर हेडलाइट, फग ल्याम्प, इलेक्ट्रिक सनरुफ र नयाँ डिजाइनको लेयर्ड स्पोक अलोय ह्विल दिइएको छ ।

यसमा १०.२५ इन्चको ड्युअल डिजिटल डिस्प्ले, वायरलेस फोन चार्जिङ र भेन्टिलेटेड फ्रन्ट सिट हुनेछ । कम्पनीले यसमा सेगमेन्ट फस्र्ट प्यानोरामिक सनरुफ सुविधा पनि उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । सुरक्षाका लागि यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामेरालगायतका एड्भान्स फिचर उपलब्ध हुनेछ ।

महिन्द्रा एक्सयूभी ३एक्सओ पेट्रोल र डिजेल इन्जिन विकल्पमा उपलब्ध हुनेछ । यसमा १.५ लिटर डिजेल इन्जिन, १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.२ लिटर डाइरेक्ट इन्जेक्शन टर्बो पेट्रोल इन्जिन समावेश छ । यद्यपि, कारमा १.२–लिटर टर्बो पेट्रोल टीजीडीआई इन्जिन पनि उपलब्ध गराउन सकिन्छ, जुन ६ स्पिड अटोमेटिक गियरबक्सको साथ आउनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले गर्दैछ ५ नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी

महिन्द्राले गर्दैछ ५ नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले आगामी केही वर्षमा इलेक्ट्रिक सवारीमा...

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

महिन्द्रा अब ट्रक र बस सेगमेन्टमा पनि, एसएमएल इसुजुमा साझेदार बन्ने तयारी

महिन्द्रा अब ट्रक र बस सेगमेन्टमा पनि, एसएमएल इसुजुमा साझेदार बन्ने तयारी

महिन्द्राले यात्रुवाहक सवारी साधन खण्डमा एसयूभी प्रदान गर्दै आइरहेको छ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...