बेइजिङ अटो शोमा चिनियाँ साझेदारको खोजीमा विदेशी अटोमेकरहरू

यस वर्षको बेइजिङ अटो शोमा फक्सवागन र टोयोटालगायत अन्य अटो निर्माताहरूले चिनियाँ ईभी निर्मातासँग साझेदारी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

यसै सातादेखि सुरु भएको शोमा केही विदेशी अटो निर्माताको मनोवृत्तिमा स्पष्ट परिवर्तन आएको उद्योग अधिकारीले बताएका छन् । गत वर्ष सांघाईमा भएको कार्यक्रममा बीवाईडी र अन्य चिनियाँ अटोमेकरले हासिल गरेको ठूलो फड्कोबाट प्रभावित भएर विदेशी अटो निर्माता अब चिनियाँ साझेदार खोज्दै नयाँ गठबन्धनको घोषणा गरिरहेका छन् ।

उक्त शोमा सबैभन्दा सक्रिय युरोपेली र जापानी अटोमेकर थिए । टोयोटा मोटरले चिनियाँ गेमिङ र सोशल मिडिया विशाल टेन्सेन्टसँग आर्टिफिसियल इन्टेलिजेन्स र बिग डाटामा टोली बनाउने घोषणा ग¥यो ।

रेनोका एक कार्यकारीले चिनियाँ ईभी निर्माता ली अटो र स्मार्टफोन निर्माता शाओमीसँग ईभी र स्मार्ट वाहन प्रविधि अन्वेषण गर्न महत्वपूर्ण वार्ता गरेका छन् । यसैबीच निसानले एआई र स्मार्ट कार अनुसन्धान गर्न चिनियाँ टेक फर्म बाइडुसँग सम्झौता गरेको घोषणा गरेको छ ।

सन् १९९० को दशकदेखि विदेशी ब्रान्डले चीनको अटो व्यवसायमा प्रभुत्व जमाउँदै आएका छन् । गत वर्ष चीनको यात्रुवाहक कार बजारमा विदेशी ब्रान्डको हिस्सा ४८ प्रतिशतमा झरेको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्याङ्कअनुसार २ वर्ष अघि मात्रै ५७ प्रतिशतले घटेको थियो ।

फक्सवागनले सन् २०३० सम्ममा चीनमा सबैभन्दा बढी बिक्री हुने विदेशी अटोमेकर बन्ने लक्ष्य राखेको छ । जर्मनीको पावरफुल कार लबी भीडीएका अध्यक्ष हिल्डगार्ड मुलरले जर्मन अटोमेकरले चिनियाँ उपभोक्तालाई आकर्षित गर्न नयाँ मार्केटिङ रणनीति खोजिरहेको जानकारी दिएका छन् ।

रिपोर्टका अनुसार टोयोटाका जीएसी र एफएडब्ल्युसँगको चीनको संयुक्त उद्यमले गत वर्ष चिनियाँ अटो बजारको ७.९ प्रतिशत कब्जा गरेको थियो, जुन २०२२ मा ८.६ प्रतिशत थियो । पेट्रोलबाट चल्ने कारको बिक्रीमा कमी र विदेशीबाट चिनियाँ ब्रान्डमा परिवर्तन भएका कारण फोर्ड र जनरल मोटर्स सहित प्रमुख अमेरिकी ब्रान्डको चीनमा आफ्नो बजार हिस्सा घटेको छ ।

सम्बन्धित समाचारहरू

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले एक...

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनीहरुले सन् २०२४ को...

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

  इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...