नयाँ अवतारमा लन्च भयो बजाज पल्सर २२०एफ

बजाजले लोकप्रिय बाइक बजाज पल्सर २२० एफको अपडेटेड संस्करण लन्च गरेको छ । २०२४ बजाज पल्सर २२० एफमा अब ब्लुटुथ कनेक्टिभिटी र टर्न बाई टर्न नेभिगेसन सपोर्ट गर्ने डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरका साथै यूएसबी चार्जिङ सकेट पनि रहेको छ ।

नयाँ बाइकमा कुनै प्रकारको मेकानिकल परिवर्तन गरिएको छैन । हालको मोडल जस्तै अपडेट पल्सर २२० एफ २२० सीसी एयर÷आयल कुल्ड इन्जिनले सुसज्जित छ, जसले ८५०० आरपीएममा २०.११ बीएचपीको पावर र ७००० आरपीएममा १८.५५ एनएमको टर्क उत्पादन गर्छ । बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

कम्पनीले बजाज पल्सर २५० एफ लन्चिङ पछि पल्सर २२० एफ बन्द गर्ने घोषणा गरेको थियो । तर बजाज पल्सर २२० एफमा कम्फर्टेबल सिटसहित लन्च गरिएको छ । साथै अपडेटेड बाइकको ह्याण्डललाई अलि अगाडि सारिएको छ । अपडेट पल्सर २२० एफको ह्विल बेस पनि लामो बनाएको छ । बजाज पल्सर कम्पनीको सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो ।

कम्पनीले सो बाइकको मूल्य १ लाख ४० हजार भारु तोकेको छ । यसको मूल्य हालको मोडलको तुलनामा २५ हजार भारु महँगो छ ।

नेपाली बजारमा पनि केही समय पछि यो बाइक उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ड्युअल कलरमा पल्सर १५० नेपाली बजारमा, मूल्य र फिचर उही

ड्युअल कलरमा पल्सर १५० नेपाली बजारमा, मूल्य र फिचर उही

काठमाडौं – नेपाली बजारमा केही समय पहिले देखि उपलब्ध ड्युअल कलरको पल्सर १५०...

शुरुवात भयो फेस्टिभल सिजन, यी ४ कम्पनीले सार्वजनिक गरे यस्तो अफर

शुरुवात भयो फेस्टिभल सिजन, यी ४ कम्पनीले सार्वजनिक गरे यस्तो अफर

दशै आउनु डेढ महिना अगाबै अटोमोबाइल बजारमा फेस्टिभल सिजन सुरुवात भएको छ ।...

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर ठूलो इन्जिनमा आउने भएको छ । पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...