बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो वर्षको थर्ड क्वाटरमा लन्च गर्ने तयारी भएको प्रोडक्सन कारको प्रिभ्युको रुपमा यसलाई लिइएको छ ।

रेडिकल लुक भएको सो ह्याचब्याक बीवाईडीले पहिले नै उपलब्ध गराएको डल्फिन ह्याचब्याक भन्दा केही ठूलो छ र यस अनुसार सो कारले फक्सवागन आईडी.३ सँग प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ । विशेष गरी युरोपेली बजारलाई यसले लक्ष्यित गरेको मान्न सकिन्छ ।

फ्रन्टमा हेर्दा यसमा ठूला हेडलाइट छन् भने एयर इन्टेकसँगै यसको लोअर लिप एग्रेसिभ रुपमा स्प्लिट गरिएको छ । फाइभ स्पोक ह्विल सहितको कार स्पोर्टी देखिएको छ ।

डल्फिन र सिल जस्ता नाम राखेर बजारमा विभिन्न कार उपलब्ध गराइरहेको बीवाईडीले यो कारको नाम पनि यस्तै सामुद्रिक जीवका आधारमा राख्ने अनुमान गर्न सकिन्छ । त्यसैगरी यो कार इलेक्ट्रिक हुने समेत अनुमान गर्न सकिन्छ ।

बीवाईडीले नयाँ इलेक्ट्रिक प्लेटफर्म र सम्भवतः ई–प्लेटफर्म ४.० मा सो कार उपलब्ध गराउने र रियल ह्विल ड्राइभ कार समेत हुने अनुमान समेत गरिएको छ । त्यसैगरी बीवाईडीले हालै विकास गरेको नयाँ सेकेन्ड जेनेरेसन ब्लेड ब्याट्री प्रयोग हुने समेत सम्भावना छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीद्वारा बीटुबी बजार लक्षित नयाँ ‘लिङहुई’ ब्रान्ड सार्वजनिक, चार नयाँ मोडल घोषणा

बीवाईडीद्वारा बीटुबी बजार लक्षित नयाँ ‘लिङहुई’ ब्रान्ड सार्वजनिक, चार नयाँ मोडल घोषणा

चिनियाँ ईभी ब्रान्डको रुपमा लोकप्रिय कम्पनी बीवाईडीले बिजनेस टु बिजनेस...

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...

फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान

फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान

डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...